दमक,९ मंसिर । दमकमा रहेको सक्रिय सामाजिक संस्था सानो प्रयास युवा समाजले आज मङ्सिर ९ गते कमल गाउँपालिका वार्ड नं ५ मा अवस्थित श्री सिद्ध देवी आधारभूत विद्यालयका १०८ जाना बालबालिका विद्यार्थी भाइबहिनीहरूलाई शैक्षिक सामग्री कपी कलम ,इरेजर ,सापनर पेन्सिल, लगायत का सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्की प्रमुख अतिथि रहनुभएको थियो।
दमक ५ मा अवस्थित ब्रोड–वे क्याफेका सञ्चालक विपिन सुवेदी र विशाल पौडेल को सहकार्यमा विद्यालयका १०८ जाना विद्यार्थीलाई ब्याग समेत वितरण गरिएको थियो। कार्यक्रममा ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको संस्थाको अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो। उक्त कार्यक्रममा संस्थाका पदाधिकारी सदस्यहरू र स्कुल व्यवस्थापन समितिको अध्यक्ष जनप्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।









