कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा निर्माणाधीन पुलहरूको काम सुस्त गतिमा हुँदै

छुट्टाछुट्टै सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक देखिदै

झापा,११ मङ्सिर । कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लाहरू जोड्ने महत्त्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरूको काम अत्यन्तै सुस्त गतिमा भइरहेको जानकारी पाइएको छ । संघीय सरकारको सडक विभागअन्तर्गत पुल सेक्टर (धरान) ले हेर्नेगरी ४ अर्ब ६२ करोड ५३ लाख बढी रकममा छुट्टाछुट्टै सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक देखिएको छ ।
ती पुलहरूमा हालसम्म एक अर्ब ५८ करोड ९९ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ तर यो कुल सम्झौताको करिब ३४.३७ प्रतिशत हो, त्यसमध्ये रणनीतिक पुलको रुपमा रहेका ९ वटा पुलको प्रगति झनै निराशाजनक छन् ।
हालसम्म उक्त पुलहरूको ७६ करोड ९८ लाखमा ठेक्का सम्झौता भए पनि वित्तीय प्रगति भने १५ करोड २७ लाख मात्रै भएको छ । त्यसको तुलनामा १३ वटा रहेका स्थानीय पुलका लागि कुल ३ अर्ब ८५ करोड ५५ लाख २० हजारमा ठेक्का लागेको छ भने हालसम्म एक अर्ब ४३ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएका छन् ।

उता, कार्यालयको तथ्यांकअनुसार निर्माणाधीन २२ वटा पुलमध्ये केवल ३ वटाको प्रगति सन्तोषजनक छ भने बाँकी आयोजनाहरू वर्षौँदेखि निर्माणाधीन अवस्थामा अल्झि रहेका छन् । पुल सेक्टर धरानका सूचना अधिकारी नवीन कुमार साहले उपलब्ध गराएको विवरण अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा निर्माणाधीन पुलहरूमध्ये आधाभन्दा बढीको भौतिक प्रगति ५० प्रतिशत कट्न सकेको छैन ।

विशेषगरी एलआरएन र एसआरएन अन्तर्गतका पुलहरूको अवस्था दयनीय छ । इलामको देउमाई खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति जम्मा ९ प्रतिशत मात्र भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा सम्झौता भएको उक्त पुलको ठेक्का नागार्जुन÷प्रधान जेभी काठमाडौँले लिएको थियो ।

त्यस्तै, उदयपुर र खोटाङ जोड्ने बन्सिलाघाट पुलको अवस्था पनि उस्तै छ । आर्थिक वर्ष २०७६÷७७ मा ठेक्का लागेको यो पुलको भौतिक प्रगति हालसम्म ९ प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत मात्र देखिएको छ । कालिका÷बेदान्सी जेभीले जिम्मा लिएको यो आयोजना अलपत्र अवस्थामा रहेको छ ।

कोशी प्रदेशको गौरवको आयोजना मानिने तमोर कोरिडोर अन्तर्गतका पुलहरूको निर्माण गति पनि सुस्त रहेको छ । धनकुटा र पाँचथर खण्डमा पर्ने नावा खोला, हेवा खोला, लोरिपा खोला र लाखुवा खोलाका पुलहरूको प्याकेजमा ठेक्का लागेको भए पनि औसत प्रगति निकै कम छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ