भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा

भद्रपुर,१६ मंसिर । भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर र बिओपी पृथ्वीनगरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका –३ किचकबध स्थित देउनियाँ खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

सशस्त्रले सोमबार साँझ बालुवा लोड भएको मे १ त ६०८१, मे १ त २४७५ र प्र–१–०१–००२ त ०९४६ नम्बर ट्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको ट्याक्टर आवश्यक कारबाहीका लागि आज भद्रपुर नगरपालिकामा बुझाउने बताएको छ । कोेशी प्रदेशको आर्थिक ऐन २०८२ मा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरलाई २५ हजार जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन