झापा,१७ मंसिर । आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएको स्रोतले जनाएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब २८ करोड ८७ लाख बराबरको वस्तु तथा सामान आयात भएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा सात अर्ब ९६ करोड सात लाख बराबरको सामग्री निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आठ अर्ब ३० करोड २७ लाखको वस्तु निर्यात भएको छ ।
काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अमलिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता लगायत निर्यात हुने गर्छद छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा आयात निर्यातबाट पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको स्रोतले जनाएको छ।









