दमकमा स्वीप अपरेसनद्धारा अपराधी पक्राउ

दमक, १९ मंसिर । डीएसपी किशोर लम्सालले इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालेको एक महिना पूरा भएको छैन तर महिना दिन नबित्दै उहाँले ६ पटक स्वीप अपरेसन गरिसकनु भएको छ।

त्यसक्रममा करिव ६० जना पक्राउ परि सकेका छन् । जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकमा तोडफोड र आगजनी गर्नेदेखि लिएर होटलमा यौन व्यवसाय संचालन गर्ने , लागूऔषधका कारोबारी र प्रयोगकर्ता , मादक पदार्थ सेवन गरेर होहल्ला गर्नेसम्मका व्यक्तिलाई नियन्त्रणमा लिएर उहाँले कार्वाही गर्नु भएको छ। स्वीप अपरेसनकै क्रममा ठूलो आवाजका साथ ध्वनि प्रदूषण गर्ने ५० वटा मोडिफाई मोटरसाइकल नियन्त्रणमा लिनु भएको छ।

स्वीप अपरेसनका क्रममा जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकमा तोडफोड र आगजनी गर्ने चारजनालाई पक्राउ गर्न सफल भएको डीएसपी लम्सालले बताउनु भयो । उहाँले ग्राहकको इन्ट्री नगर्ने र सीसीटिभी नभएका होटलका संचालक ,लागूऔषधका प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरी कार्वाही चलाइएको जानकारी दिनु भयो । स्वीप अपरेसन प्रहरीको नियमित कर्तव्यभित्र पर्छ । अभियानकै रुपमा लगातार स्वीप अपरेसन गरेर अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गराउन सहयोग पुगेको उहाँको भनाई छ ।

स्वीप अपरेसनका क्रममा बुधवार राति ८ जना पक्राउ परेका छन् । राति ८ः३० बजे स्वीप अपरेसनमा खटिएको डीएसपी लम्साल नेतृत्वको प्रहरी टोलीले दमक –७ रतुवा खोला बाँधबाट लागूऔषध सेवनकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन