मोरङ लेटाङकी अंशु गौतमको हत्या आरोपमा छिमेकी पदम अधिकारी पक्राउ

मोरङ, २१ मंसिर । असोज पहिलो साता हत्या भएकी मोरङ लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा एक जना पक्राउ परेको प्रहरीले जनाएको छ् । अंशुको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले बिचारी भनिने पदम अधिकारीलाई पक्राउ गरेको छ । अधिकारी अंशुका छिमेकी भएको प्रहरीले बताएको छ । पोष्टमार्टम रिपोर्टमा उनको हत्या भएको खुलेको छ । सोही रिपोर्टको आधारमा प्रहरीले अपराधीको खोजी गर्ने क्रममा अधिकारी उनकै घरबाट पक्राउ परेका हुन् ।

उनी भारत आसामको तीनसुकिया स्थित कोइलाखाँदमा यतिका दिनसम्म लुकेर बसेका थिए । शनिबार घर फर्किएका अधिकारी प्रहरीले सूचना पाएपछि गएराति पक्राउ गरेको अंशुका परिवारलाई उधृत गर्दै गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमले बताउनुभयो । घटना लगत्तै अघिकारी बेपत्ता भएका हुन्। अधिकारीले आफूले बलात्कार गरेपछि हत्या गरेको स्वीकारेको बताइएका छन् ।

हत्यामा प्रयोग भएका हँसिया र खुकुरीको बिँड घटनास्थल नजिकै जलाएको र हतियार घरभित्र (मचानमा) लगेर लुकाएको जनाएका छन् । त्यसलगत्तै अधिकारी आसाम भागेको खुलेको छ । ती हतियार प्रहरीले बरामद गरिसकेको जनाएको छ । अधिकारीविरुद्ध अंशुका बुबा नवीन गौतमले मोरङ प्रहरीमा किटानी जाहेरी दिनु भएको छ । पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले म्याद थप गरी अनुसन्धान जारी राखेको बताएको छ ।अंशुको आज नै धार्मिक संस्कार अनुसार सदगती गरिने परिवारले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यायिक आयोग गठन गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं,१४ साउन । उज्यालो नेपाल पार्टीले सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न माग गरेको छ । पार्टीले

मधेश तनावः शीर्ष नेताहरू छलफलमा

मधेश,१४ साउन । मधेश मा पछिल्लो समय बिग्रँदै गएको सुरक्षा परिस्थिति र साम्प्रदायिक संवेदनशीलतालाई ध्यानमा राख्दै मधेश केन्द्रित दलका शीर्ष नेताहरू आपत्कालीन छलफलमा जुटेका छन्।

सुनसरी–सिरहा घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न अपिल

कठमाडौं,१४ साउन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक र राजनीतिक वृत्तलाई

सुरक्षा स्थिति चुस्त बनाउन वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं,१४ साउन । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।