अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

तीन झापाली पत्रकारलाई टंकप्रसाद–रमादेबी पाठक पत्रकारिता पुरस्कार

विर्तामोड, २३ मंसिर । भ्रष्टाचार विरुद्ध कलम चलाए वापत तीन जना झापाली सञ्चारकर्मी एकसाथ पुरस्कृत भएका छन् ।

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले मंगलवार विर्तामोडमा ती पत्रकारलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा सञ्चारकर्मी चिरन्जिबी घिमिरे, इन्दू पूर्वेली र सुरेन्द्र भण्डारी हुनुहुन्छ । उहाँहरुमध्ये घिमिरेलाई यो वर्षको ५० हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरियो । त्यस्तै पूर्वेली र भण्डारीलाई गत वर्षको पुरस्कार राशीबाट दामासाही २५ हजार २ सय २५ रुपैयाँका दरले प्रदान गरिएको छ ।

सुशासन प्रवर्द्धन र  भ्रष्टाचार न्युनीकरणमा टेवा पुग्ने खालका रिपोर्टिङ गरेको भन्दै नेपाल पत्रकार महासंघले उहाँहरुलाई पुरस्कारका लागि योग्य ठहर्‍याएको हो । यसका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले कार्यविधि समेत बनाएको बताइएको छ ।

पुरस्कार वितरण गर्दै पे्रस काउन्सिलका नवनियुक्त अध्यक्ष कुमार आचार्यले भ्रष्टाचार न्युनीकरणमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा आचारसंहिता उल्लंघनका घटना बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न पत्रकारसम्वद्ध संघसंस्थाले क्रियाशीलता बढाउनुपर्ने सुझाव पनि दिनुभयो ।

सोही कार्यक्रममा लैङ्गिक हिंसा न्युनीकरणको क्षेत्रमा कलम चलाएवापत सञ्चारकर्मी ज्योत्स्ना श्रेष्ठ र रन्जिता खड्कालाई पनि पुरस्कृत गरिएको थियो ।

अमेरिकाको टेक्सासमा मुख्य कार्यालय रहेको हेम–सरिता फाउन्डेसनले सो पुरस्कारका लागि नेपाल पत्रकार महासंघमा ५ लाख ५ हजारको अक्षयकोष खडा गरेको छ । सोही कोषको व्याजबाट तीन वर्षदेखि ५० हजार ५ सय ५५ रुपैयाँ राशीसहितको पत्रकारिता पुरस्कार प्रदान गरिंदै आएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

हेम–सरिता फाउन्डेसनले हरेक वर्ष काठमाडाैंमा पनि छुट्टै कार्यक्रम गरेर एक लाख राशीकाे टंकप्रसाद–रमादेबी पत्रकार पुरस्कार वितरण गर्दै आएकाे छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय