देशभरिका भन्सार कार्यालयमा जारी राखेको ‘पेन डाउन’लगायत विरोध कार्यक्रम फिर्ता

काठमाडौं,२४ मंसिर । अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागमा विभिन्न मागसहित भन्सार एजेन्ट महासंघ नेपालले देशभरिका भन्सार कार्यालयमा जारी राखेको ‘पेन डाउन’लगायत विरोध कार्यक्रम फिर्ता लिएको स्रोतले जनाएको छ । भन्सार विभाग र महासंघबीच छलफल भएपछि महासंघका माग सकारात्मक रूपमा सम्बोधन भएको जनाइएको छ ।

 

भन्सार एजेन्ट महासंघ नेपालले मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन र अन्य विरोधका कार्यक्रम सुरु गरेको छ। महासंघका अनुसार, भन्सार ऐन २०६४ मा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टको पेसागत हकहित र काम गर्ने सहजतामा नकारात्मक असर पारेको थियो ।

साथै, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र सहयोगमा समेत नकारात्मक असर पु¥याउने वातावरण सिर्जना भएको महासंघको गुनासो गरेको थियो।

भन्सार विभागसँगको छलफलपछि माग सकारात्मक रूपमा सम्बोधन भएको र सोही कारण पेन डाउन कार्यक्रम फिर्ता भएको महासंघका अध्यक्ष प्राचीनकुमार वैद्यले बताँउनु भएको छ ।

यसैबीच भन्सार विभागले पनि महासंघका माग सम्बोधन भएको जानकारी दिएको हो। भन्सार विभागका अनुसार भन्सार एजेन्ट महासंघको विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेस गरिएका थियो ।

जसअन्तर्गत व्यवस्थापन सुधार गर्ने, विभाग वा कार्यालयबाट सम्बोधन हुने र भन्सार ऐन तथा नियमावलीमा सम्बोधन गर्नुपर्ने प्रकृतिका उपयुक्त मागबारे विभागले अर्थलाई जानकारी दिएको थियो । उक्त मागका विषयमा अर्थले क्रमशःसम्बोधन गर्दै जाने निर्णय गरेको विभागद्धारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छन । उहाँले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रका नाममा सम्बोधन गर्न

सिरहामा झडपः गोली लागेर १८ वर्षीय युवक गम्भीर घाइते

सिरहा,१४ साउन । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते हुनु भएको छ। छातिमा गोली लागेर धनुसाधाम घर भएका अन्दाजी

सांसद पौडेल माथि अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट,१४ साउन । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार

सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन

काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ,१४ साउन । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते