पठन संस्कृतिप्रति युवाकाे चासाे

डीपीएलको छैटौं महाधिवेशन दमकमा हुँदै, अब यी युवाले सम्हाल्नेछन् पुस्तकालय

  1. दमक, २५ मंसिर ।  डाईनामिक पव्लिक लाइब्रेरीको छैटाैं महाधिबेसन झापाको दमकमा हुने भएको छ ।
    यही २७ गते बिहान ९ बजे देखी गोर्खा डिपार्टमेण्टको हलमा हुने जनाइएको छ ।
    आज यसको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गर्दै डिपिएलका सबै शाखाबाट प्रतिनिधीको टुङ्गो लागीसकेको र सबैको सहभागीतामा महाविधेशन भव्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको अध्यक्ष अनु आचार्य भण्डारीले जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा यूवाहरुमा पठन सस्कृतीको विकास गराउन बिभिन्न काम र कार्यक्रम गरिएको जानकारी समेत गराउनु भएको थियो ।

 

यस्तै यो बिचमा सस्थालाई देशका बिभिन्न स्थानमा शाखा बिस्तार गर्दै डिपिएलको अभियानमा सहभागी गराउने कार्यक्रमहरु भएको र यसले यूवाहरुमा सकरात्मक सोच र पठन सस्कृती तथा उद्यमी बन्नु पर्छ भन्ने भावनाको विकास गराउन समेत महत्वपूर्ण काम गरीएको महासचिव गुणराज गिरीले सो अवसरमा जानकारी दिनुभयो ।

पछिल्लो समय यूवाहरुमा हराउँदै गएको पठन सस्कृतीलाई निरुत्साहित गर्दै पुस्तक पढ्न पर्छ, पढ्नेले मात्रै नया खोज र सोच बनाउन सक्ने भन्ने उद्धेस्यका साथ डिपिएल गठन गरिएको यसका सस्थापक अध्यक्ष भेषराज न्यौपानले जानकारी दिनुभयो । यो अभियान देशभर मात्रै नभएर विदेश सम्म पुर्याउने लक्ष्य राखीएको समेत उहाँले उल्लेख गर्नुभयो ।

छैटौ महाधिवेशनबाट अहिलेका बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद खतिवडा(दिवस) अध्यक्ष बन्नु हुने करिव निश्चित देखिएको छ । निर्वाचन समितीले सार्वजनिक गरेको उम्मेद्धवारको नामावालीमा अध्यक्षमा खतिवडा, वरिष्ठ उपाध्यक्षमा गुणराज गिरी, महासचिवमा कमल गैरे, उपाध्यक्षमा मनि गिरी, कोषाध्यक्षमा जीवलोक सापकोटा र निर्देशकहरुमा जेनीस चौलागाई, अस्विन तिम्सिना, दिपक न्यौपाने र मनिका गिरीको एकल नाम सार्वजनीक गरेको छ । पत्रकार सम्मेलनमै बोल्दै वर्तमान उपाध्यक्ष र महाधिबेशनमा अध्यक्ष बन्न लाग्नु भएका खतिवडाले यूवा नेतृत्वको विकास र यूवा उद्यमशीलताको क्षेत्रमा आफ्नो अनुभव र क्षमता अनुसारका काम र कार्यक्रम गर्ने समेत उल्लेख गर्नुभयो ।

डिपिएलले यूवा लक्षीत मात्रै नभएर विद्यालयमा छात्रबृत्ति प्रदान गर्ने, सार्वजनिक स्थानहरुमा पुस्तकलाय स्थापना गर्ने जस्ता सकरात्मक काम समेत गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय