राष्ट्रिय सभा निर्वाचन

झापाबाट नेपाली कांग्रेसबाट १५ जनाको नाम सिफारिस

झापा, ७ पुष । झापाबाट राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले १५ जनाको नाम सिफारिस गरेको जनाएको छ ।

सुधिरकुमार शिवाकोटी , शेरबहादुर भट्टराई , दयानन्द गोस्वामी , हर्कलाल गिरी , यामप्रसाद भण्डारी , ओमप्रकाश सरावगी , टीकाप्रसाद प्रसाई ,अनिलकृष्ण प्रसाई ,केदारनाथ ढकाल,ओम विमली, प्रेम भट्टराई , राधा सुब्बा , नौतली राजवंशी , नीता पुरी र विनकुमार विश्वकर्माको नाम सिफारिस गरिएको जिल्ला पार्टी कार्यालयले बताएको छ ।

यसैबीच काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरिएका पूर्व सांसद सुधिरकुमार शिवाकोटीले आफू सांसद नबन्ने घोषणा गर्नु भएको छ । उहाँले पार्टीले राष्ट्रिय सभाको उम्मेद्वारका रुपमा सिफारिस गरेपनि अब आफू संसदीय फाँटको जिम्मेवारीमा नजाने बताउनु भयो ।

संविधान सभा सदस्य रहनु भएका बिर्तामोड निवासी शिवाकोटी नेपाली काँग्रेस झापाका पूर्वसभापति समेत हुनुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी