झापाका डान्स बारबाट दुई जना पक्राउ

झापा,१४ पुष । अबेर रातिसम्म संचालन गरिरहेका बिर्तामोडका डान्स बारहरुमा प्रहरीले छापा मारी दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

गएराति १२.३० बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर २ बस्ने बर्ष २३ का संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी गोलबजार १ बस्ने बर्ष २३ का युगल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

बिर्तामोड क्षेत्रमा संचालित डान्स बारहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक रबिन खड्काको टोलीले राति अवेरसम्म बार खोलेर चलाइरहेको भेटेपछि बारका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई इलका प्रहरी र्कायलय बिर्तामोडमा राखिएको छ । बिर्तामोडमा करिव आधा दर्जनको संख्यामा डान्स बारहरु रहेका छन् । प्रहरी प्रशासनले दिएको समयपछि पनि डान्स बारहरुले रातभरि संचालन गर्ने गरेको जानकारी पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिरालोको टोकाइबाट रेबिज : खोटाङकी कृष्ण मायाको मृत्यु

कात्तिक ,१९ कार्तीक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १९ कात्तिक । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेचीनगर र कमलमा एक–एक जनाको ज्यान गएको हो । सोमवार बिहान

एभोकाडो र आँपले कसरी सुधार्छ मुटुको स्वास्थ्य ?

काठमाडौं ,१९ कार्तीक। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका

जिम्मेवारी पाए उदयपुर सिमेन्ट दोब्बर चलाउँछौँ : मुख्यमन्त्री कार्की

उदयपुर,१९ कार्तीक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदयपुर सिमेन्ट उद्योग सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिए विगतको तुलनामा दोब्बर उत्पादन क्षमतामा सञ्चालन गरेर देखाउने दाबी

मिडिया काउन्सिल अध्यादेशका प्रावधान पुनर्विचार गर्न धर्मेन्द्र झाको माग

ललितपुर ,१९ कार्तीक। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल न्यूज बैंकका प्रमुख सम्पादकीय सल्लाहकार, अग्रज पत्रकार एवम् लेखक धर्मेन्द्र झाले मिडिया काउन्सिलसम्बन्धी अध्यादेशले सञ्चारमाध्यमलाई नियन्त्रण

नेपथ्यको धुनमा झुम्यो इटहरी

इटहरी,१९ कार्तीक । चिसो मौसमको कुनै प्रवाह थिएन । साँझ ढल्दै जाँदा इटहरी रंगशालामा मानिसहरूको चहलपहल बाक्लिँदै थियो । कोही साथीभाइसँगै आइपुगेका थिए, कोही परिवारसहित

रमा एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड

काठमाडौं,१९ कार्तीक । रमा एकादशी व्रतका अवसरमा काठमाडौंस्थित बुढानीलकण्ठ नारायणथान मन्दिरमा दर्शन गर्न आउने भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहानैदेखि भगवान् नारायणको दर्शन तथा पूजाआराधना