झापा, पुष १५ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको सूचीमा झापाबाट कोही पनि पर्नु भएन। समानुपातिक उम्मेद्वार बन्नका लागि झापाबाट १४ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । भोटिङमार्फत गरिएको उम्मेद्वार छनोट प्रतिष्पर्धामा झापाका कोही पनि सफल हुन नसकेको हो ।
झापाबाट विवेक तामाङ , शरद जोशी , शान्तिमाया न्यौपाने , सीता विश्वकर्मा , मनोज राजवंशी , भुपाल भण्डारी , भीम लम्जेल , रोहित न्यौपाने , गीताप्रसाद अधिकारी , लोकेशकुमार माझी , कुन्दन मुर्मु , अनिता नेपाली , नारायणप्रसाद दाहाल र विन्दु सिटौलाले दर्ता गराउँनु भएको थियो ।
त्यसमध्ये सीता विश्वकर्मा र विन्दु सिटौला ११० अंकसम्म पुगेको बताइएको छ । रवि लामिछाने , बालेन शाह र कुलमान घिसिङबीच समानुपातिक सिट बाँडफाँट हुँदा झापाका आकांक्षीलाई समेट्न नसकिएको स्रोतले बताएको छ ।

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री
दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। आफ्नो








