घर घरमा उदाशीको ‘पानीको पर्खाल’

सम्बन्ध टोलका सबै सदस्यले किने पुस्तक

पथरी, १५ पुस / ‘उपहार’ शिर्षकको कविता वाचन गर्दै हुनुहुन्थ्यो झापा दमक ४ स्थित सम्बन्ध टोल विकास संस्थाका सदस्य भरत कार्की । त्यहाँ मोरङको पथरी शनिश्चरे चोक उत्तरको बासेचौरीको वनभोजस्थलमा वनभोज खान भेलाभएकाहरु माझ कविता प्रस्तुत भएको हो ।

 

मानिसहरुमा आधुनिक बन्ने नाममा पुस्तक पढ्ने बानी निकै कम हुँदै गएको छ । त्यसमा पनि साहित्यिक पुस्तक त अझ कम पढ्ने गरिन्छ । यस परिवेशमा साहित्यकार कृष्ण उदाशीको पुस्तक ‘पानीको पर्खाल’ भनें सिंगो टोलबासीले नै खरिद गरेर पठन संस्कृतिको विकासमा नौलो आयाम बनेको छ ।

 

सम्बन्ध टोलका सल्लाहकार उदाशीको सो कविता कृति टोलका सबै सदस्यले खरिद गरेर पढेको अवस्थाको जानकारी संस्थाले पुस १२ गते आयोजना गरेको वनभोज कार्यक्रममा सार्वजनिक गरियो । वनभोज खान आउने अरु अरु समूहका मानिसहरु खानपान र नाचगानमा व्यस्त भइरहँदा सम्बन्ध टोलका सदस्यहरु भनें खानपान र नाचगानसहित पुस्तक खरिद गरेर पढ्ने काम गरे । त्यहाँ कविता समेत वाचन गरेर साहित्यमार्फत समाज जोड्ने प्रयत्न भयो ।

 

टोलबासीले साहित्य र कलाको प्रवद्र्धन गर्ने र आउने पुस्ताका लागि समेत पठन संस्कृतिप्रति आकर्षित गराउन यसखाले अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष इन्द्रकला पण्डित र सचिव भीमबहादुर थापाको भनाइ छ ।

 

शक्तिशाली सृजना गर्ने सर्जक उदाशीको चौथो कृतिका रुपमा रहेको ‘पानीको पर्खाल’ को कार्तिक २२ गते काठमाडौंमा प्रथम विमोचन र कार्तिक २९ गते उर्लाबारीमा गृह विमोचन भएको थियो ।

 

गृह विमोचनपछि आफ्‌नै टोलबासीबाट सबैले पुस्तक किनेर पढ्ने निर्णय गरेपछि सर्जक उदाशी अत्यन्त खुसी बन्नु भयो । उहाँले सिंगो टोलका सदस्यले नै पुस्तक खरिद गरेर पढेको यो नेपालकै पहिलो हुनसक्ने अनुमान गर्नुभएको छ ।

 

उहाँको पहिलो कृति ‘दाइजो’ उपन्यास हो, जो २०६४ मा प्रकाशित भयो । २०६७ मा गजल संग्रह दोभानपारि बाबरी र २०७० मा श्रीमती वविता घिमिरेसँगको संयुक्त कथा संग्रह ‘म हराएको साँझ’ प्रकाशित छ । उहाँका ५ दर्जन गीत रेकर्ड भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विनाशकारी बाढीको पीडा भारतसम्म , गण्डक नदीमा भेटिन थाले शव

रसुवा,१५ भदौ । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक

५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

इलाम ,१५ भदौ। लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा

 बाढीपीडितलाई सफारी चालकको एक दिनको कमाइ

दमक,१५ भदौ ।विपद्को पीडामा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै चाहिन्छ भन्ने छैन। आफ्नो श्रमबाट कमाएको एक दिनको आम्दानी पनि कसैका लागि ठूलो सहारा बन्न

बाढी प्रभावित क्षेत्रमा उद्धार र शव व्यवस्थापन तीव्र

काठमाडौं,१५ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ ।बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल

नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना,

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल