दलहरुको अल्पदृष्टि

समानुपातिकको मर्म बिर्सेर दलहरुको उम्मेदवार सुची

दमक, पुष १६ | विभिन्न राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेसँगै देशभर बहस सुरु भएको छ। विशेष गरी आफूलाई ‘नयाँ राजनीतिक विकल्प’ का रूपमा प्रस्तुत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाको सूचीले सबैभन्दा बढी टिकाटिप्पणी जन्माएको छ।

 

समावेशिता, योग्यता र पारदर्शिताको राजनीति गर्ने दाबी गर्दै आएको रास्वपाको समानुपातिक सूचीमा भने ती मूल्यहरू व्यवहारमा नदेखिएको आरोप लागिरहेको छ। पार्टीभित्रैबाट समेत स्पष्ट मापदण्ड सार्वजनिक नगरी उम्मेदवार चयन गरिएको भन्दै प्रश्न उठ्न थालेका छन्।

आलोचकहरूका अनुसार सूचीमा दलित, जनजाति, मधेसी, महिला लगायत समूहको प्रतिनिधित्व कानुनी रूपमा मिलाइएको देखिए पनि वास्तविक पहुँच तल्लो तहसम्म नपुगेको गुनासो छ। संघर्ष गरेका कार्यकर्ता भन्दा नेतृत्वसँग नजिक रहेका, पहुँच भएका अनुहारलाई प्राथमिकता दिइएको आरोप समेत छ।

 

सबैभन्दा चासोको विषय भनेको परिवर्तनको राजनीतिबारे रास्वपाले गरेको दाबी र अहिले देखिएको अभ्यासबीचको अन्तर हो। पुराना दलमा देखिँदै आएको सिफारिस र सीमित छलफलको अभ्यासबाट आफू फरक हुने दाबी गरेको रास्वपाले पनि उही बाटो अपनाएको हो कि भन्ने प्रश्न उठेको छ।

 

यता रास्वपाले भने कानुनले तोकेको समावेशिता पूरा गरिएको र विज्ञता तथा भविष्यको नेतृत्व निर्माणलाई ध्यानमा राखेर सूची बनाइएको दाबी गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति