दमक, १६ पुस । ठूलो घर, ठूलो सम्पत्ति नभएका मानिस पनि इतिहास बनाउँछन् भन्ने जिवन्त उदाहरण बनिरहनुभएको छ रमेश लुइँटेल। उहाँ एउटा साधारण किसानको छोरा। बालयकालमा खेतका डिल, धानका खेत र घामपानीसँगै हुर्किएका। तर मनभित्र सधैं एउटै प्रश्न उठिरहन्थ्योस् “अलि फरक गरेर, आफ्नै ठाउँमा बसेर पनि किन सफल हुन सकिँदैन?”
यही सोचले उहाँलाई अघि बढाउन थालयो। संघर्ष सजिलो थिएन। नयाँ व्यवसाय सुरु गर्दा जोखिम, घाटा, आलोचना सबै भोग्नु पर्यो। तर रमेश लुइँटेल कहिल्यै हार मान्नुभएन। दमकलाई सम्भावनाको सहरका रूपमा हेर्ने आँट उहाँसँग थियो। यही आँटले उहाँलाई व्यवसायमा मात्र होइन, नेतृत्वमा पनि चिनायो।
जेसिजको नेतृत्व सम्हाल्दा उहाँले कार्यक्रम चलाउनुभन्दा पहिला एउटा कुरा सिकाउनुभयो“नेतृत्व भनेको देखावटी भाषण होइन, परिणाम हो।”उहाँको व्यवस्थापनमा भएका कार्यक्रम सफल भएर मात्र रोकिएनन्। तिनले दमकका युवामा आत्मविश्वास जगाए। शंकाले भरिएको जेसिजलाई फेरि “गरौं, सकिन्छ” भन्ने ऊर्जा दिनुभयो।
व्यवसायी क्षेत्रमा उहाँका कामहरू आज पनि उदाहरणका रूपमा बोल्छन्। नमूना बजार सञ्चालन, त्यहाँको अस्तव्यस्त पार्किङ सुधार, साना व्यापारीलाई सहज व्यापारिक वातावरण‘ यी सब कुनै भाषणका कुरा होइनन्। यी त आँखाले देखिने परिवर्तन हुन्।। कोभिड आयो। पसल बन्द, बजार सुनसान। धेरै व्यवसायी निराश, चिन्तित र भोलिको भयमा बाँचेका। त्यही कठिन समयमा रमेश लुइँटेल अगाडि उभिनुभयो।
उहाँले कार्यक्रमहरू गरे, संवाद सुरु गराइदिनुभयो, व्यवसायीलाई शान्त पार्दै जीवन र व्यवसाय दुबै बचाउने बाटो खोज्नुभयो। “एक्ला होइनौं, हामीसँग संगठन छ” भन्ने आत्मविश्वास दिनुभएको त्यो समय आज धेरैले सम्झन्छन्। । उहाँको पहलमै गणतन्त्र चोक उज्यालो बन्यो। पाँच वटा सडक बत्ती आज पनि त्यहाँ उभिएर भन्छन । “यो काम कसैले बोलेर होइन, गरेर देखाएको हो।”नेतृत्वमा हुँदा होस् या नहुँदा, उहाँ सधैं एउटै कुरामा अडिग रहनुभयो ।
व्यवसायीको सुरक्षा, संरक्षण र अधिकार। खबरदारी मात्र होइन, नतिजा ल्याउने काम। अब यही व्यक्ति दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा द्वितीय उपाध्यक्षका लागि उभिनुभएको छ। पुस १८ गतेको चुनाव उहाँका लागि मात्र अवसर होइन। यो त दमकका व्यवसायीका लागि निर्णयको क्षण हो ।
परिणाममुखी, काम गरेर देखाउने, आफ्नै ठाउँलाई प्राथमिकता दिने नेतृत्व रोज्ने कि पुरानै ढर्रा दोर्होयाउने? रमेश लुइँटेल आफूलाई अरुभन्दा फरक सावित गर्न चाहनुहुन्छ। फरक किनकि उहाँको बाटो भाषणको होइन, कर्मको हो। फरक किनकि उहाँको सपना व्यक्तिगत उचाइका लागि होइन,
दमकलाई व्यापारमैत्री, सुरक्षित र सम्भावनाले भरिएको सहर बनाउनका लागि हो। यस पटक व्यवसायीहरूले केवल मत मात्रै दिँदै छैन्न्। । उनीहरूले भविष्य चयन गर्दैछन्। । र त्यो भविष्य धेरैलाई यही व्यक्ति भित्र देखिन थालेको छ।









