मालपोतमा धर्ना नबस्ने

जग्गाधनीद्धारा दोषीहरू उपर कार्वाहीको माग

झापा,२० पुस । दुई जना जग्गाधनी र मोहीबीचको जग्गा विवादलाई लिएर विगत चार दिनदेखि जग्गाधनी पक्षले मालपोत कार्यालय भद्रपुरको सेवा अवरुद्ध गर्दा चर्को आलोचना भएपछि आजदेखि धर्ना नबस्ने भएका छन् । गत बुधवारदेखि भूमिसुधार तथा मालपोत कार्यालयमा धर्ना , तालाबन्दी जस्ता कार्यक्रम गरेर बिर्तामोड १ का जग्गाधनीहरु नरबहादुर कार्की , भीमादेवी कार्की पक्षका व्यक्तिहरुले सेवा प्रवाहमा अवरोध गर्दै आएका थिए ।

हिजो प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसंग छलफल भएपछि मालपोत कार्यालयमा धर्ना , विरोध प्रदर्शनजस्ता कार्यक्रम नगर्ने निर्णय गरिएको जग्गाधनी पक्षका सुशील कार्कीले बताउनु भयो ।

बुधवार र बिहीवार हुलहुज्जत गरी सेवा प्रवाहमा अवरोध गरेपनि शुक्रवार आफूहरुले सेवा प्रदान गरेको मालपोत कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भयो । मोही जानकी राजवंशीको पक्षमा फैसला हुँदा चित्त नबुझेको खण्डमा आफूले शुरुदेखि नै माथिल्लो कानुनी निकायमा जान जग्गाधनी पक्षलाई सल्लाह दिँदै आएको उहाँले जानकारी दिनु भयो । मालपोत कार्यालयले सो जग्गाको विवाद हेरेका कर्मचारी बेनु सुवेदीलाई त्यस फाँटबाट हटाएको छ ।

यसैबीच हिजो जग्गाधनी पक्षले पत्रकार सम्मेलन गरी नक्कली मोही खडा गरी आफ्नो नाममा एकलौटी दर्ता कायम रहेको जग्गा हडप्ने उद्देश्यले गरिएको खरिद–बिक्री तथा बाँडफाँडमा संलग्न दोषीहरू उपर कार्वाहीको माग गरेका हुन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा