काठमाडौँ,२७ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको बताउनु भएको छ । पार्टीको विशेष महाधिवेशनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको र कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने स्पष्ट पार्नु भएको छ।
कोइरालाले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दाबी गर्नु भएको छ। उहाँले आफ्नो परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन भएको भन्दै यही दर्शनबाट अभिप्रेरित भएर पार्टी एकताका लागि लागिरहेको बताउनु भयो। उहाँले आफ्नो लड्ने तरिका शान्त र मधुरो रहेको भन्दै कांग्रेस रूपान्तरणको अभियानमा आफू आक्रोशित र अधैर्य भएर अगाडि बढ्न नचाहेको उल्लेख गर्नु भयो।
अहिले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नुपरेको र अर्कोतिर ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नुपरिरहेको कोइरालाले बताउनु भयो। उहाँले पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको तर पार्टी विभाजनको सन्देश नजाओस् भनेर सतर्कता अपनाएको जिकिर गर्नु भएको छ । कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भन्ने आफूलाई थाहा भएको भन्दै उनले अन्तिमसम्म पार्टीको भावनात्मक एकतामा अगाडि बढिरहने प्रण गर्नु भएको छ ।

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो
रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी








