कोशी प्रदेशमा कुन जिल्लामा कति निर्वाचन प्रहरीको माग?

विराटनगर,२७ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कोशी प्रदेशका १४ वटै जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएको छ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रदेशभर कुल २३ हजार ४ सय ९ जना निर्वाचन प्रहरीको माग गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार इच्छुक नेपाली नागरिकहरूले शुक्रबारदेखि प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा पुगेर आवेदन फारम भर्न थाली सकेका छन्।

सबैभन्दा बढी मोरङ जिल्लामा ४ हजार ३ सय ८३ र सबैभन्दा कम तेह्रथुम जिल्लामा ५ सय ५० जना म्यादी प्रहरीको कोटा निर्धारण गरिएको हो। निर्वाचन अवधिभरका लागि भर्ना गरिने यी निर्वाचन प्रहरीले सुरक्षा व्यवस्थामा नेपाल प्रहरीलाई सहयोग गर्नेछन्। आवेदनका लागि तोकिएको योग्यता पुगेका १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न सक्ने प्रवक्ता पोखरेलले जानकारी दिनु भयो ।

नागरिक प्रहरी (जिल्लागत सूची)

१. मोरङः ४,३८३ जना
२. झापाः ४,३०८ जना
३. सुनसरीः ३,१४९ जना
४. ईलामः १,६३४ जना
५. उदयपुरः १,४४६ जना
६. खोटाङः १,१८६ जना
७. पाँचथरः १,१३१ जना
८. भोजपुरः १,००१ जना
९. धनकुटाः ९८९ जना
१०. संखुवासभाः ९८८ जना
११. ओखलढुङ्गाः ८७७ जना
१२. सोलुखुम्बुः ८५१ जना
१३. ताप्लेजुङः ८४६ जना
१४. तेह्रथुमः ५५० जना

कुल जम्माः २३,४०९ जना

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको