बाहुनडाँगीमा अन्तराष्ट्रिय तरुल दिवस हुने,भारत र भूटानबाट पनि तरूल आउने

झापा, २७ पुस । मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुन्डागी बजारमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव आगामी पौष ३० गते र माघ १ गते भव्य रूपमा आयोजना हुने भएको छ।

कृषि, संरक्षण, संस्कृति र पर्यटनलाई एउटै सूत्रमा बाँध्दै सहअस्तित्व, संस्कृति र समृद्धिको अन्तरसीमा सन्देश बोकेको यो उत्सवमा नेपालका सातै प्रदेशसहित भारत र भुटानको सहभागिता रहने आयोजक समितिले जनाएको छ। उत्सवका क्रममा विभिन्न देशका कृषि विज्ञ, पर्यटनकर्मी, संरक्षणवादी र सांस्कृतिक टोलीहरूको उपस्थिति रहनेछ। उत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा हुनेछ। दोस्रो दिन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी प्रमुख अतिथि रहनेछन् भने बेलुकाको सांस्कृतिक कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। सांस्कृतिक कार्यक्रममा दार्जिलिङकी चर्चित लोकगायिका डेजी बराइली, कुचबिहारका लोकगायक राजिवजीको टोली, लोकगायक कमलीकान्त भेटवाल, गीत–संगीतकार डा. टिका भण्डारी तथा अभिनेता एवं उद्घोषक सिद्धार्थ सिंहलगायतको विशेष प्रस्तुति रहनेछ।
उत्सव अवधिभर लोकनृत्य प्रतियोगिता, मानव–हात्ती द्वन्द्व न्यूनीकरणसम्बन्धी बहस, अन्तरसीमा पर्यटन र जैविक कृषि संवाद, जातीय संस्कृति, हस्तकला तथा रैथाने उत्पादनका स्टलहरू सञ्चालन हुनेछन्।

यसै अवसरमा सिक्किमको ‘डिस्कभर टेमी’ संस्था र आयोजक समितिबीच तीन वर्षे पर्यटन सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। साथै खुसीलाल चोकदेखि मेची खोलासम्मको सडकमा टाइल्स बिछ्याउने घोषणा कार्यक्रम पनि यही उत्सवमा गरिने यसको मुल आयोजक समितिका अध्यक्ष तथा मेचिनगर नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष समेत रहनुभएका अर्जुन कार्कीले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको