विशेष महाधिवेशन

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रको कार्यक्रम सुरु

बन्दसत्रका निर्णयले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा

काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रको कार्यक्रम सुरु भएको छ ।आइतबार राजधानीको भृकुटीमण्डपमा बहुमत महाधिवेशन प्रतिनिधिका साथ विशेष महाधिवेशनको उद्घाटन भएको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्र चरणमा प्रवेश गरेको छ।
आइतवार उद्घाटन सत्र सम्पन्न भएपछि सोमवार बिहान १० बजेदेखि बन्दसत्र शुरु भएको हो । बन्दसत्रको शुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको हो । जसले पार्टीको नीति, विधान संशोधन र नेतृत्व चयनको बाटो खोलेको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन लगायतका विषयमा छलफल हुनेछ भने समूहगत बहसका लागि प्रतिनिधिहरूलाई विभाजन गरिने कार्यक्रम रहेको छ । पार्टी संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै विरोध गरेको छ भने आयोजक पक्षले विधानसम्मत रहेको तर्क गरेको छ । बन्दसत्रका निर्णयले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको