काठमाडौं,२८ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिने दाबी गर्नु भएको छ । सोमबार आफू पक्षका नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नु भएको हो ।
आफूले पार्टी जोगाउन कोसिस गरिरहेको र पार्टी जोगाएरै छाड्ने जिकिर गर्दै पार्टी फुट्छ कि भन्ने चिन्ता नगर्न पनि आग्रह गर्नु भएको छ । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो, “पार्टी जोगाउन कोसिस गर्दै छु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्नँ । समन्वय गरीकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।” यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन सुरु गरिसकनु भएको छ । सोमबार बन्दसत्रको कार्यक्रम जारी छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएका छैन्न ।









