झापा, २८ पुष । मेचीनगरको कालिका सिमसारबाट लागूऔषध प्रयोगकर्ता र कारोबारी ९जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो साँझ ७ बजेतिर मेचीनगर –११ स्थित कालिका सिमसारमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रकुमार राउतको कमाण्डमा ७ जना र सशस्त्र प्रहरी बेस क्याम्प टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठको कमाण्डमा ७ जनाको संयुक्त टोली खटिएको थियो । सो टोलीले मेचीनगर –७ बस्ने बर्ष २६का बिमल मेचे र मेचीनगर ११बस्ने बर्ष २३ का प्रबिन राईलाई शंका लागेर चेकजाँच गर्दा मेचेको साथबाट प्लाष्टिकसहित ४ ग्राम ८१० मिलिग्राम र प्लाष्टिकबाहेक ४ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर , ३० हजार नगद र राईको साथबाट ७ हजार ५०० रुपैयाँ फेला परेको छ ।
उनीहरुसंगै रहेका अन्य ७ जनालाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मेचीनगर ८बस्ने बर्ष२० का कविस मेचे ,वडानं.११बस्ने बर्ष२८का बासु राजवंशी , वडा न. ११बस्ने बर्ष३४का सुरेस खड्का ,बुद्धशान्ति वडा नं.४बर्ने बस्ने बर्ष ३५का कुमार गुरुङ ,बुद्धशान्ति वडा नं.३बस्ने बर्ष२५का सन्दिप रसाईली , मेचीनगर १० टिकापुर बस्ने बर्ष३०का घनश्याम माझी र बुद्धशान्ति वडा नं.४बस्ने बर्ष ३८का राजेन्द्रकुमार थापा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।
एआइ तस्बीर









