बाहुनडाँगी, २९ पुष । स्थानीयबारीमा जे उत्पादन हुन्छ भान्सामा त्यही पाक्छ । बस्ने घरमा जस्तो बिछ्यौना छ आउने पहुनालाई त्यसैमा सुताइन्छ । स्थानीय स्तरमा प्राकृतिक श्रोत साधन के छ ? पर्यावरण कस्तो त्यो देखाइन्छ । अनी गाउँलेको बसोबास, स्थिती र अवस्था मात्रै हैन मेलमिलाप , सस्कार र सस्कृतीबाट पनि सबैको ध्यान तान्ने प्रयास गरिन्छ ।
होम स्टे सञ्चालन भएका सबै ठाउँको बिषेशता हो यो । तर होम स्टे सञ्चालनमा रहेको बाहुनडाँगीको भने केहि फरक विषेशता पनि छ । यो हात्ती प्रभावीत क्षेत्र हो । हाँत्ती कहाँबाट आउछन्, कुन बाटो भएर हिड्छन्, गाउँ पसेभने गाउलेमा केके क्षती गर्छन, यस भन्दा अगाडीका क्षतीको स्थिती र अवस्था के छ ? त्यसरी आएका हात्तीलाई कसरी भगाइन्छ वा तीनको व्यवस्थापन गरिन्छ भन्ने पनि थाह पाइन्छ । यस क्षेत्रमा आएर बस्ने आन्तरीक वा बाह्य पर्यटकले यहाँको पर्यावरण साथमा हात्तीको जीवनशैली पनि थाह पाउँछन् । र यही कुराको प्रर्वधन गर्दै बाहुनडाँगीमा होम स्टे फैलाईरहेको छ ।
भारतसग सिमाना जोडीएको स्थल । खुल्ला सिमाना । प्रचार प्रसारको अपर्यप्तताका कारण यहाँको होम स्टेले उती मार्केट पाएको छैन । यस्तै ग्रामीण पर्यनलाई समेत प्रर्वधन गर्न भनेर कोशी प्रदेश सरकारले वर्ष २०८२ लाई त पर्यटन वर्षनै भनेर घोषणा पनि गरेको छ । तर यो कार्यक्रम मोरङ र सुनसरीमा मात्रै केन्द्रित भएको पर्यटन व्यवसायीको गुनासो छ ।
बाहुनडाँगीको लोक कथा सुनार, यहाँको इतिहास र पुर्खाको कुरा स्मरण गराएर, स्थानीय उत्पादनलाई प्रर्वधन गर्दै रैथानी बाली उत्पादनमा समेत प्रोत्साहन गर्ने हो भने ग्रामीण पर्यटनको सम्भावना हुने बताउनु हुन्छ मेचीनगर नगरपालिका वार्ड ४ का वार्ड अध्यक्ष अर्जुन कार्की । यसमा राज्यले लगानी बढाउने हो भने समुदाय स्तरमै रोजगार स्थापना हुने र आर्थीक उपार्जनको गतिलो माद्यम बन्न सक्ने उहाँको भनाई छ । त्यसलै उहाँको क्षेत्राधिकारभीत्र पर्ने ठाउँमा अहिले होम स्टे सहितको ग्रामीण पर्यटनको विकास गर्ने अभियाननै चलाएको पनि उहाँले जानकारी गराउनु भयो ।
अग्ला टावर, अनुत्पादक कृतिम पार्कमा गर्ने लगानी भन्दा गाउँ घरमा जे छ त्यसैलाई आफ्नो पहिचान र सस्कार मान्दै त्यही चीज देखाएर, खुवाएर र हिडाएर नेपालका गाउँ गाउँबाट पैसा संकलन गर्न सकिन्छ भन्ने अभियाननै ग्रामिण पर्यटन हो । झापामा यसको अभ्यास कस्तो छ भनेर हेर्न बाहुनडाँगीमा गएर केहि दिन र रात कटाउने हो भने प्रभावकारी उदाहरण देख्न सकिन्छ ।









