कांग्रेस संस्थापनले किन तीन पदाधिकारीमाथि कारबाही गर्यो ?

काठमाण्डौं,३० पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका दुई महामन्त्री र एक सहमहामन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको भन्दै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दिनु भएको हो।
विश्वकर्माका अनुसार मुलुक विषम परिस्थितिमा रहेको र पार्टीको महाधिवेशनको संघारमा रहेको अवस्थामा महामन्त्रीद्धय र सहमहामन्त्रीले विधान विपरितका गतिविधि गरेको ठहर बैठकले गरेको जनाएको छ।

विशेषगरी फागुन २१ गते हुने संसदीय दलको निर्वाचन र महाधिवेशनको प्रक्रिया चलिरहँदा पार्टीको आधिकारिक निर्णय बिना नै काठमाडौंमा छुट्टै भेला आयोजना गरेको, कार्यकर्तालाई भड्काएको र समानान्तर गतिविधि सञ्चालन गरेको आरोप उहाँहरूमाथि लगाइएको छ।

कारबाहीका मुख्य आधारहरु
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ तथा धारा ५० (५) आकर्षित हुने गरी उनीहरूमाथि कारबाही गरिएको छ। कारबाहीका लागि बैठकले ४ आधार प्रस्तुत गरेको छ ।
१. समानान्तर अभ्यासः केन्द्रीय कार्यसमितिको संस्थापन पक्ष र कार्यालयसँग सहमति नभई विधानका धाराहरूको गलत व्याख्या गर्दै काठमाडौंमा विशेष कार्यक्रम र भेला आयोजना गरेको।
२. अनाधिकृत महाधिवेशन घोषणाः मिति २०८२÷०९÷२९ गते ’विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ भन्दै अनाधिकृत रूपमा पारित गरेको र महामन्त्रीद्धयले संयुक्त प्रतिवेदन पेश गरी छलफल गराएको।
३. समानान्तर निर्वाचन तालिकाः निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको र आज (मिति २०८२÷०९÷३०) गते महामन्त्री पदमा रहेका पदाधिकारीले पार्टी सभापति र अन्य पदमा उम्मेदवारी घोषणा गरी दरखास्त समेत दिएको।
४. पार्टीलाई हानि नोक्सानीः पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको तथा पार्टीलाई प्रत्यक्ष÷अप्रत्यक्ष हानि नोक्सानी पु¥याएको।
यी गतिविधिहरू पार्टी विधानको धारा ३४ (१) को खण्ड (क), (ख), (ग) र (घ) विपरित रहेको ठहर गर्दै उहाँहरूलाई विधानको धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ ।

बैठकले गरेका मुख्य निर्णयहरु

निर्णय नं. १ः कार्यसम्पादन समितिका निर्णय अनुमोदन
बैठकले हालसम्म पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेका सम्पूर्ण निर्णयहरूलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
निर्णय नं. २ः पदाधिकारीमाथि कारबाही (निष्कासन)
पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै महामन्त्री गगन कुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई आजकै मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको छ।
निर्णय नं. ३ः अन्यलाई मूलधारमा फर्कन आह्वान
कारबाहीमा परेका बाहेक अन्य पदाधिकारी तथा सदस्यहरू, जो भ्रममा परी वा लैलैमा लागेर पार्टी हित विपरितका गतिविधिमा संलग्न थिए, उहाँहरूलाई अनुशासनको दायरा सम्झाउँदै पार्टीको मूलधारमा फर्कन र नियमित काममा क्रियाशील हुन बैठकले हार्दिक अपिल गरेको छ।
कारबाही फुकुवाको सम्भावनाबारे पत्रकारको जिज्ञासामा प्रवक्ता विश्वकर्माले सम्बन्धित व्यक्तिले चित्तबुझ्दो स्पष्टीकरण वा पुनरावेदन गरेमा केन्द्रीय कार्यसमितिले भविष्यमा सुनुवाइ गर्न सक्ने बाटो भने खुला रहेको संकेत गरेको छ्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो