अनुसन्धान जारी

माई मेलाबाट के के सामान चोरी भयो?

झापा, २ माघ । झापाको कन्काई माई मेलाबाट तीन वटा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।

पार्किङ गरेको ठाउँबाट ती मोटरसाइकल हराएका हुन् । हिजो दिउँसो २.३० बजेतिर कन्काई ४कोटिहोम क्षेत्रमा एकैस्थानमा पार्किङ गरी राखेको अबस्थामा दुईवटा मोटरसाइकल हराएको छ। झापा गाउँपालिका वडा न.५बस्ने मोहम्मद जेब्राईल शेखको प्र.१–०१–०१७प.५२४७न.को निलो रंगको १५०सिसिको पल्सर र सोही ठाउँ बस्ने जफर अलीको प्र.१–०१–०१७प.२४९८न.को रातो रंगको १५०सिसिको अर्को पल्सर मोटरसाइकल हराएको छ।

त्यस्तै हिजो बिहान ७ः३० बजे कनकाई ४ कोटिहम मन्दिरमा पार्किङ गरी राखेको बुद्धशान्ति १ बस्ने ३६ वर्षीय युवराज खडकाको प्र१–००१३प ५६९० नंको रातो कालो रंगको १५० सिसिको पल्सर मोटरसाइकल हराएको हो। हराएका मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै मेला भर्ने क्रममा अन्य धेरैजनाको नगद , गरगहना र मोबाइल चोरी भएको प्रहरीले जनाएको छ । कनकाई नगरपालिका १ निवासी कैलास दर्जीकी श्रीमती मुना दर्जीको हाते ब्यागसहित २ तोलाको सिक्री , बच्चाको ब्रासलेट र पाउजु चोरी भएको छ । त्यस्तै कनकाई ३ निवासी झलका विश्वकर्माको महत्वपूर्ण कागजातसहितको सानो व्याग हराएको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो