झापा, २ माघ। झापामा ५ मा उम्मेद्वारी दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको टीम दमक आइपुगेको छ । नवीन भण्डारी , निश्चल बस्नेत लगायतको टीम हिजो दमक आइपुगेको हो । बालेन उम्मेद्वारी दर्ताका लागि माघ ६ गते दमक आउँदै हुनुन्छ।
बालेन बस्नका लागि तीनवटा घर भाडामा लिने तयारी गरिएको छ । अहिलेसम्म भाडाको घरको टुंगो लागिनसकेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताउनु भयो । झापा ५ मा उम्मेद्वारी दिनका लागि एमाले अध्यक्ष केपी ओली भने माघ ५ गते आउने हुनु भएको छ। केपी ओली र बालेनबीच झापा ५ मा रोमांचक प्रतिस्र्पधा हुने भएको छ ।









