झापा ,२ माघ । झापा र मोरङमा दुई जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। झापाको बिर्तामोड नगरपालिका–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको हो।
करिब ५५ वर्षका देखिने ती मृतक पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीले बिहीबार शव फेला पारेपछि उनको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ।
त्यसैगरी मोरङको रतुवामई नगरपालिका–४ झुर्कियास्थित बाटोमा पनि एक व्यक्ति मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ्। स्थानीय ४० वर्षीय सागर ताजपुरिया बिहीबार बाटोमा मृत फेला परेका हुन्।
दुवै घटनाका सम्बन्धमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको बताएका छन्।
एआई तस्बीर









