अनुसन्धान जारी

दमकमा लुटिएको हतियार बरामद

दमक,२ माघ । दमकबाट प्रहरीले एक थान अवैध हातहतियारको पार्टपुर्जा बरामद गरेको छ।
आज झापा जिल्ला दमक नगरपालिका–१ सुकुम्बासी बस्तीमा बस्दै आएका डेक बहादुर थापाको घरमा हातहतियार लुकाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको हो।

इलाका प्रहरी कार्यालय दमकबाट प्र.ना.उ. किशोर लम्सालको कमाण्डमा खटिएको प्रहरी टोलीले डेक बहादुर थापा बस्दै आएको जस्ताको बेराले बनेको, जस्ताको छानो भएको टहराभित्र खोजतलासी गर्ने क्रममा टहराको भुइँमा बालुवाले पुरेर राखिएको अवस्थामा सर्टगनको बटको भाग फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त बटको भागमा १३२०४४७ नम्बर उल्लेख रहेको छ।
प्रहरीका अनुसार उक्त हातहतियारको पार्टपुर्जा यसअघि मिति २०८२ साल असोज २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटी लगिएको अभिलेखमा देखिएको छ।

बरामद गरिएको हातहतियारको पार्टपुर्जा कानून बमोजिम सुरक्षित रुपमा इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने घटनासँग सम्बन्धित व्यक्ति डेक बहादुर थापाको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनु