अटो मोवाईल एसोसिएसन दमकको अध्यक्षमा फेरीपनि बिमल

दमक, ३ माघ । अटो मोवाईल एसोसिएसन दमकको अध्यक्षमा दोस्रो कार्यकालका लागी बुद्धिसागर बराल(बिमल) फेरी चयन हुनु भएको छ ।
शुक्रबार दमक ९ स्थित हिमालय स्पाईसीमा सम्पन्न भएको एसोसिएसनको तेस्रो चुनावी वार्षिक साधारणसभाले अध्यक्षमा बराललाई चयन गरेको हो । यस्तै बरिष्ठ उपाध्यक्षमा गोकुल खड्का चयन हुँदा उपाध्यक्षमा डीक कुमार चम्लगाई चयन हुनुभएको छ ।

सचीवमा नेत्र विक्रम बस्नेत चयन गर्दा सह–सचिवमा धिरज न्यौपानेलाई चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा प्रकाश शर्मा सहित अन्य ५ जनालाई सदस्यमा चुन्दै ११ सदस्यीय नयाँ कार्यसमती चयन भएको छ । सदस्यहरुमा गणेश गौतम, जीवन न्यौपाने, मेघराज न्यौपाने , टंक श्रेष्ठ र चन्द्र सापकोटा रहनु भएको छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संघमा अटो मोवाइलका व्यवसायीको प्रतिनिधित्व गर्दै कार्य समिती सदस्यमा निर्वाचीत हुनु भएका गोकुल खड्कालाई सम्मान समेत गरेको थियो ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष गुरागाईले पछिल्लो समय उद्योगीहरु सुरक्षीत नभएको र लगानीको समेत वातारण बन्न नसकिरहेको बताउनु भयो । यस्तो अवस्थामा पनि राज्यले व्यवसायीलाई नै निसाना बनाउँदै करको दर र दायरा बढाएर व्यापारीहरुलाई बिस्तापित गर्ने रणनीनित बनाइरहेको उल्लेख गर्नुभयो । यसका विरुद्धमा व्यापारीहरु एकजुट भएर प्रतिकार गर्नुपर्ने उहाँको भनाई थियो ।

यस्तै सो अवसरमा एसोसिएसनका अध्यक्ष बरालले अघील्लो कार्यकालमा गरेका काम र अवस्थाको बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । यो वर्ष एसोसिएसनमा कम्तिमा ५० जना सदस्य थप्ने गरी प्रभावकारी काम र कार्यक्रम गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।