प्रतिनिधिसभा निर्वाचन

बालेन शाहले आज मेयर पदबाट राजीनामा दिँदै

रास्वपाबाट झापा क्षेत्र नम्बर ५ मा चुनाव लड्ने पक्का भएको छ

काठमाडौं,४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिँदै हुनुन्छ्। राजीनामा दिएलगत्तै उहाँ आजै दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा हुनुन्छ्। रास्वपाको आजको बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम टुंगो लगाउँदै छ। उम्मेदवारको नाम सुनिश्चित भएपछि पार्टी सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम तय भएको छ।

मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिने हुनु भएको छ। यो क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। बालेनको उम्मेदवारीका लागि रास्वपाले झापामा सम्पर्क कार्यालय समेत स्थापना गरिसकेको छ। पेशाले इन्जिनियर र चर्चित ¥यापरको छवि बनाएका बालेन शाह २ हजार उन्नअसि सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयरमा लोकप्रिय मतसहित निर्वाचित हुनु भएको थियो। मुलुकमा चलेको जेनजी आन्दोलनपछि उहाँ राजनीतिक रूपमा रास्वपासँग नजिकिनु भएको हो


गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरी ७ बुँदे सम्झौता भएको थियो। सोही सम्झौता बमोजिम बालेनले स्थानीय सरकारको नेतृत्व छोडेर राष्ट्रिय राजनीतिको केन्द्र मानिने संसदको यात्रा तय गर्न लाग्नु भएको हो।

भोलि दिउँसो १२ बजे जानकी मन्दिरमा राखिएको कार्यक्रममा पुगेर साढे १ बजे सम्बोधन गर्नु हुने छ। त्यसपछि. साढे २ बजे सडक मार्ग हुँदै लहान प्रस्थान गर्नु हुने छ। दिउँसो साढे ४ बजे मधेशका शहीदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ लहानबाट इटहरी प्रस्थान गर्नु हुने छ् । इटहरीमा कार्यकर्ता भेटघाट रहेको छ । बेलुका साढे ७ बजे इटहरीबाट झापाको दमक प्रस्थान गर्नु हुने छ । राति साढे ८ मा दमकमा रास्वपाका नेतासँग भेटघाट रहेको छ । त्यसको भोलिपल्ट माघ ६ गते बिहान ११ बजे झाँकीसहित झापा निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा संघीय सांसदको लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।