सेवा ठप्प

कोशी अस्पतालको व्यवस्थापकीय लापरबाही

बिरामीहरू विराटनगरका निजी मेडिकल कलेज र अन्य निजी अस्पतालहरूमा चर्को शुल्क तिर्न विवश रहेका छन

विराटनगर, ४ माघ । विराटनगरस्थित कोशी अस्पतालको व्यवस्थापकीय कमजोरी र चरम लापरबाहीका कारण गम्भीर बिरामीको ज्यान जोखिममा परेको छ ।
अस्पतालको १८ बेड क्षमताको सघन उपचार कक्ष (आईसीयू) मा अक्सिजन सप्लाई बन्द भएको बहानामा विगत चार दिनदेखि सेवा ठप्प पारिएपछि बिरामीहरू मारमा परेका छन् । अहिले आईसीयू वार्डभित्रको दृश्य हृदयविदारक रहेका छन् । बिरामीको ज्यान बचाउने करोडौंका उपकरणहरू बेडका पुराना तन्नाले छोपिएर थन्काइएका छन् भने बेडहरू छरपस्ट अवस्थामा रहेका छन् । गत ३० पुसदेखि अक्सिजन पाइपमा समस्या आएको भन्दै अस्पताल प्रशासनले आईसीयू सेवा बन्द गरेपछि त्यहाँ उपचाररत बिरामीहरूलाई जबरजस्ती ‘एचडीयू’ वार्डमा सारिएको हो । तर, एचडीयूमा आईसीयूको जस्तो सघन उपचार र मनिटरिङ सम्भव नभएपछि गम्भीर प्रकृतिका बिरामीका आफन्त महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य भएका हुन्।

कोशी अस्पतालमा आईसीयूको दैनिक शुल्क मात्र १ हजार २०० रुपैयाँ रहेको छ । तर, सरकारी अस्पतालको यो सेवा बन्द हुँदा बिरामीहरू विराटनगरका निजी मेडिकल कलेज र अन्य निजी अस्पतालहरूमा प्रतिदिन ५ हजारदेखि १० हजार रुपैयाँसम्म चर्को शुल्क तिर्न विवश रहेका छन् । ३५० शय्याको यस अस्पतालमा दैनिक १० देखि १५ जना गम्भीर बिरामी आईसीयूको पालो पर्खिँदै आकस्मिक कक्षमा छटपटिने गरेका छन् । यस्तो अवस्थामा भएको आईसीयू सेवा पनि बन्द हुनुले अस्पताल प्रशासनको संवेदनहीनता प्रष्ट पारेको देखिएको छ ।

मर्मतमा आलटाल र कर्मचारीको असहयोग

सामान्य प्राविधिक समस्या मानिने अक्सिजन पाइप मर्मतको काम चार दिन बितिसक्दा पनि पूरा नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको हो । सामान्य मर्मत कार्यलाई हप्तौंसम्म लम्ब्याएर बिरामीलाई निजी अस्पतालमा पठाउने ‘सेटिङ’ त भइरहेको छैन भन्ने प्रश्न समेत उठन थालेको छ ।
अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले कार्यभार सम्हाले लगत्तै आईसीयू बन्द हुनु र मर्मतमा ढिलाइ हुनुलाई अस्पतालभित्रै शंकास्पद रूपमा हेरिएको छ । अस्पताल स्रोतका अनुसार नयाँ मेसुलाई असफल बनाउन केही पुराना स्वास्थ्यकर्मी र कर्मचारीहरूले असहयोगु गरिरहेका छन् । “केही दिन अघिसम्म सुचारु रहेको आईसीयू नयाँ मेसु आउने बित्तिकै बिग्रिनु र मर्मतमा यति धेरै ढिलाइ हुनुमा कर्मचारीको असहयोग र आन्तरिक राजनीतिको गन्ध आउँछ,” अस्पतालका एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताउनु भयो । ती कर्मचारीका अनुसार जानीजानी मर्मत प्रक्रियालाई सुस्त बनाएर नयाँ नेतृत्वलाई विवादमा तान्ने खेल भइरहका छन् ।

चाँडै सञ्चालनमा आउँछ : मेसु डा. चौधरी

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले भन्नु भयो आफूले कार्यभार सम्हाल्ने बित्तिकै अक्सिजन सप्लाईमा समस्या देखिएकाले मर्मत सुरु गरिएको दाबी गर्नु भएको छ। उहाँले भन्नु भयो, “अहिले प्राविधिक टोली निरन्तर काम गरिरहेको छ, केही प्राविधिक जटिलताका कारण ढिलो भएको हो । चाँडै मर्मत सकेर आईसीयू सञ्चालनमा ल्याउनेछौं । अहिले बिरामीलाई एचडीयूमा राखेर सेवा दिइरहेका छौं ।”
दैनिक ८ सय देखि १ हजार बिरामीको चाप हुने कोशी अस्पतालमा यसरी संवेदनशील विभाग हप्तौंसम्म बन्द हुँदा पनि व्यवस्थापन पक्षले युद्धस्तरमा काम नगर्नुले सरकारी स्वास्थ्य सेवाप्रतिको भरोसा टुट्दै गएको स्थानीयको गुनासो रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ