सुनसरी ट्रक दुर्घटनामा मृतकलाई क्षतिपूर्ति दिने निर्णयविरुद्ध महासङ्घको आपत्ति

दुर्घटनामा ५ जनाको मृत्यु भएपछि व्यवसायीले कानुन विपरीत क्षतिपूर्ति दिनुपरेको गुनासो

सुनसरी,४ माघ। सुनसरीको बर्जु गाउँपालिका–१ मा भएको ट्रक दुर्घटनापछि मृतक परिवारलाई प्रति व्यक्ति ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रशासनिक निर्णयप्रति नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले कडा आपत्ति जनाएको छ । महासङ्घले उक्त निर्णय प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनको स्पष्ट उल्लङ्घन भएको दाबी गर्दै यसले समग्र यातायात व्यवसाय नै सङ्कटमा पार्ने चेतावनी दिएको हो ।

 

गत माघ १ गते बिहान करिब ५ः३० बजे विराटनगरबाट राजविराजतर्फ मार्बल बोकेर जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकछेउमा रहेका व्यक्तिहरूमाथि पल्टिँदा पाँच जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए।दुर्घटनामा चन्द्रबहादुर गुरुङ, निशम कुमार गुरुङ, धिरेन्द्र गुरुङ, टंकबहादुर गुरुङ र ब्रह्मदेव गुरुङको ज्यान गएको हो । घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा बसेको बैठकले प्रति मृतक ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। सो निर्णयअनुसार रोयल मार्बल प्रालिले ४ लाख ५० हजार रुपैयाँ व्यहोर्ने र बाँकी रकम विभिन्न चरणमा भुक्तानी गर्ने सहमति गरिएको हो ।
यसअघि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार मृतक परिवारलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ बुझाइसकिएको छ । तर महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले प्रशासनिक सहमतिका नाममा कानुनले तोकेको सीमाभन्दा बाहिर गएर व्यवसायीमाथि अतिरिक्त आर्थिक भार थोपर्ने काम गरिएको आरोप लगाउनु भएको छ। उहाँका अनुसार सवारी तथा यातायात व्यवस्था ऐनले मृतकका नजिकका हकदारलाई अधिकतम ५ लाख रुपैयाँ क्षतिपूर्ति र ५० हजार रुपैयाँ क्रिया खर्चको व्यवस्था गरेको हो ।

 

’कानुनमै स्पष्ट व्यवस्था हुँदाहुँदै प्रशासन र प्रहरी मिलेर मनपरी सहमति गराउनु न्यायसङ्गत होइन,’उहाँले भन्नु भयो।बानियाँले अधिकांश ट्रकहरू एक करोड रुपैयाँसम्मको लागतमा बैंक ऋणमा सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता निर्णयले व्यवसायी टिक्नै नसक्ने अवस्था सिर्जना गर्ने बताउनु भयो ।

’यदि क्षतिपूर्ति बढाउनुपर्ने हो भने कानुन संशोधन गरेर राज्यले नै स्पष्ट नीति ल्याउनुपर्छ। अहिले जस्तो दबाब र सहमतिका आधारमा व्यवसायीलाई जिम्मेवार बनाउनु अन्याय हो,’ उहाँले भन्नु भयो ।

 

उहाँले दुर्घटनामा चालकको गल्ती प्रमाणित भए कडा कानुनी कारबाही हुनुपर्ने स्पष्ट पार्दै व्यवसायीलाई नै दोषीसरह व्यवहार गर्नु गलत भएको तर्क गर्नु भयो । आवश्यक परे यो निर्णयविरुद्ध अदालत जाने तयारीसमेत रहेको संकेत उहाँले गर्नु भएको छ । यस्तै, कोशी प्रदेशका संयोजक विनोद खड्का र उपाध्यक्ष विद्यापति उपाध्यायको नेतृत्वमा शनिवार बसेको यातायात व्यवसायीहरूको बैठकले पनि कानुन विपरीत तोकिने क्षतिपूर्तिले व्यवसायीहरू समस्यामा पर्ने र दीर्घकालमा व्यवसाय नै छाड्नुपर्ने अवस्था आउन सक्ने निष्कर्ष निकालेको हो।

 

बैठकले उक्त निर्णय तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गर्दै नसच्याइए अदालती प्रक्रियामा जाने निर्णयसमेत गरेको छ । यातायात व्यवसायीहरूले प्रशासनिक निर्णयकै कारण भविष्यमा यातायात सेवा सञ्चालनमा गम्भीर असर पर्ने भन्दै कानुनअनुसार मात्रै क्षतिपूर्ति व्यवस्था लागू गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।