झापा, ५माघ । झापाको बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एकजना युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति १०.५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प.१९०४ न.को मोटरसाइकलले वानस्टप मलदेखि अधुवा खोलातर्फ जाँदै गरेको मे.१ ह.३७२१ न.को अटोलाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक गौरादह वडा न.३ बस्ने बर्ष २४ का निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमक बस्ने बर्ष २२ की सुजाता बुढाथोकी घाइते भएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी सुजातालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव सोही अस्पतालमै रहेको छ ।
दुवै सवारी साधन,अटो चालक अर्जुनधारा वडा न.६ बस्ने बर्ष ३४ का खेमराज खड्का र मोटरसाइकल चालक कार्कीलाई सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।









