कोशी प्रदेशमा एमालेले दुई तिहाइ सङ्ख्यामा एमालेले जित हासिल गर्ने राईको दाबी

विराटनगर,५ माघ । नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी निर्वाचनमा कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये दुई तिहाइ सङ्ख्यामा एमालेले जित हासिल गर्ने दाबी गर्नु भएको छ ।
एमाले मोरङको पार्टी कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री समेत रहनु भएका राईले कोशी प्रदेशमा एमालेको संगठन निकै बलियो र व्यवस्थित भएकाले परिणाम आफ्नो पक्षमा आउनेमा कुनै सन्देह नरहेको बताउनु भयो। उहाँले १८ महिनाभन्दा बढी समय कोशी प्रदेशमा खटिएर काम गरेको अनुभवका आधारमा यो आत्मविश्वास र दाबी प्रस्तुत गरेको स्पष्ट पार्नु भयो
विगतको २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेससहितको ‘महागठबन्धन’ विरुद्ध एक्लै लड्दा पनि एमालेले कोशीका २८ मध्ये १३ वटा प्रत्यक्ष निर्वाचन क्षेत्रमा जित हासिल गरेको स्मरण गर्दै राईले अहिले परिस्थिति बदलिएको उल्लेख गर्नु भएको छ।

अघिल्लो पटक घेराबन्दीका बीच ५० प्रतिशतको हाराहारीमा सिट जितेको एमालेले यसपटक कुनै पनि प्रकारको गठबन्धनलाई चिर्दै एकल तागतमा दुई तिहाइ सिट जितेर केन्द्रलाई परिणाम दिने उहाँको भनाइ छ। कोशीमा एमाले अहिले विगतको तुलनामा निकै सक्रिय, सङ्गठित र सबै हिसाबले परिचालित भएको उहाँले बताउनु भयो।

राईले यस पटक पार्टीले उम्मेदवार छनोटमा निकै सावधानी र नयाँ रणनीति अपनाएको जानकारी दिनु भयो। ‘हामीले कुनै आग्रह वा पूर्वाग्रह नराखी जित्ने आधारलाई मात्र मुख्य केन्द्रबिन्दु बनाएका छौँ,’ उहाँले भन्नु भयो।
ओखलढुङ्गामा पूर्व वरिष्ठ नेताले उठ्न नचाहेपछि जिल्ला र प्रदेशको सुझाव अनुसार नयाँ अनुहारका रूपमा युवा महिला नेतृलाई अगाडि सारिएको उदाहरण दिँदै उहाँले १६५ वटै निर्वाचन क्षेत्रमा जनमत आफ्नो पक्षमा पार्न सक्ने व्यक्तित्वहरूलाई नै उम्मेदवार बनाइएको दाबी गर्नु भएको छ। एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न विनिङ क्यान्डिडेटलाई नै प्राथमिकतामा राखिएको उहाँको तर्क छ।

प्रतिस्पर्धी दलहरूबारे टिप्पणी गर्दै राईले कोशी प्रदेशमा एमालेको तुलनामा अरू कुनै पनि दल बलियो प्रतिस्पर्धीका रूपमा नरहेको बताउनु भयो। उहाँले समग्रतामा नेपाली कांग्रेसलाई नै मुख्य प्रतिस्पर्धीका रूपमा हेरिए पनि कांग्रेस अहिले विभाजित अवस्थामा रहेको र अन्य नयाँ पार्टीहरू केवल ‘हल्ला र ट्रायल’ मा मात्र सीमित रहेको टिप्पणी गर्नु भएको छ। काठमाडौँका मेयर बालेन शाहले झापा–५ मा लड्ने गरी सुरुमा मिडिया ट्रायल गरेको भए पनि एमालेको संगठन र केपी ओलीको जनमत बुझेपछि उहाँ डराएर पछाडि हटेको दाबी राईले गर्नु भएको छ। रास्वपा लगायतका नयाँ दलहरूले गरिरहेको गतिविधिलाई पनि जनताले नजिकबाट नियालिरहेकाले निर्वाचनमा उनीहरूको वास्तविक हैसियत मतदाताले फैसला गर्ने उहाँले बताउनु भयो।

अन्त्यमा, राईले एमालेलाई ‘अकबरी सुन’को संज्ञा दिँदै कतै जचाउन वा कसी लगाउनु नपर्ने बताउनु भयो। देशको स्वाधीनता, संविधानको रक्षा र विकासका लागि एमाले निर्णायक तहमा पुग्नु अनिवार्य रहेको बताउँदै उहाँले हिंसा, तोडफोड र अराजकताको जिम्मा लिने शक्तिहरूलाई जनताले निर्वाचनको कठघरामा उभ्याउने विश्वास व्यक्त गर्नु भयो। एमालेले यो निर्वाचनमार्फत मुलुकलाई सुरक्षित र समृद्ध बनाउने निर्णायक जनमत हासिल गर्ने उहाँको जिकिर रहेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो