दमक ५ माघ । झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
प्रहरीका अनुसार दमक नगरपालिका–९ स्थित बिजुली अफिस नजिक गएराति करिब १२ बजेतिर मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर कार्कीले बताउनु भयो ।









