सरकारले शान्ति सुरक्षा कायम गर्न सकेनः अध्यक्ष ओली

दमक,५ माघ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भय रहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सुरक्षा कायम गर्नतिर अग्रसर नभएको बताउनु भयो ।
देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको औंल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘स्वयं तपाईं पत्रकारहरु नै सेल्फ सेन्सरसिप गर्नुपरेको छ । कसको पक्षमा लेखिदिने भन्ने छ । देशको प्रधानन्यायधिशले समेत धम्की आएको छ भन्ने अवस्था छ । निर्वाचन आयोग त्रासादीमा छ । प्रहरीको मनोबल छैन । जनताले प्रहरीको बस्ने ठाँउ बनाइदिएका छन् । जेल फोड्ने क्रिमिनिल काम गर्नेहरुको मुद्दा फिर्ता लिने काम भएको छ । यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक छ ।’

अध्यक्ष ओलीले झापाको एसपी फेरिएको सन्दर्भ औंल्याउँदै भन्नुभयो– ‘म २५ वर्ष अघि गृहमन्त्री भएको हुँ । त्यो बेला यस्तो काम कहिल्यै गरिनँ । एसपीबाट निश्पक्षता हुन्छ कि भन्ने डरले सरुवा गरिएको छ । यस्तो सबै दलले आ–आफ्नो पक्षबाट फेर्न माग गरे भने कसरी सुरक्षाकर्मीले काम गर्न सक्छन् ?’

झापाको मुहार फेर्ने गरी विकासको काम आफ्नो कार्यकालमै रहेको उहाँले बताउनु भयो । प्रधानमन्त्रीबाट राजिनामा गरेपछि मंगलबार उम्मेदवारी दर्ताका लागि आफ्नो गृह क्षेत्र आउनु भएका अध्यक्ष ओलीले झापामा भएका विकासका कामहरु हेर्न र सही रिपोर्टिङ गर्न सबैलाई आग्रह गर्नुभयो ।
‘हामीले यहाँबाट जनप्रतिनिधिका रुपमा गएपछि नदी नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्य सबै कामहरु भएका छन् । यस क्षेत्रमा विभिन्न दुर्गम ठाउँमा उद्यमी व्यावसायहरु भएका छन् । विशाल औद्योगिक क्षेत्र बनाउने तयारी छ । कृषिको आधुनिकीकरण, उद्योगहरु बनाउँदै लाने अन्तिम तयारीमा छौं । यहाँको योजनाले धेरै रोजगारीको सृजना गर्नका लागि यान्त्रिकरण गरिरहेका छौं’, अध्यक्ष ओलीले भन्नुभयो ।

‘झापा जिल्लामा धेरै परिवर्तन भएका छन् । बाटाघाटाका हिसाबले भएका विकास हेर्न सँगसँगै घुमौं, हेरौं । झापामा घर पातला भए, बाटा बाक्लो भए । बाटा सफा छन् । हुनत फलानो उम्मेदवार आउने भयो भनेर बाटा सफा भयो भन्न पनि सक्छन्’, उहाँले भन्नुभयो– ‘आधारभूत विकासको काम भएका छन् । विकास निरन्तर हुने चिज हो । शिक्षाको हकमा उत्तरतिर भएको छ । दक्षिणतिर शिक्षामा बढि जोड् दिनुपर्छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।