दमक, ५ माघ । दमक नगरपालिकामा प्रज्ञा प्रतिष्ठान परिषद् गठन गरिएको छ। दमक नगरपालिकाको दमक प्रज्ञा–प्रतिष्ठान ऐन २०७७ को दफा ७ बमोजिम परिषद् गठन गरिएको हो। गठन भएको परिषद्को संयोजकमा डा. गोपाल भण्डारी र उपाध्यक्षमा डा. अञ्जना शर्मा भट्टराई चयन हुनुभएको छ। यस्तै सचिवको जिम्मेवारी जय व श्रेष्ठलाई दिइएको छ। कार्यसमिति सदस्यहरूमा विन्दु दाहाल, कमला खनाल, शंकर चापागाईं(धनकुटा–कान्छा), धनञ्जय बाँस्कोटा, राधिका ओझा र भूमि प्रसाद दाहाल रहनुभएको छ। परिषद् सदस्यका रूपमा कृष्णा घिमाल, मेघराज तिम्सिना , विष्णु नेउपाने, डिकेश लामा (पत्रकार), प्रकाश बुढाथोकी, भेषराज नेउपाने, दुर्गा काफ्ले, टेजनाथ भण्डारी, जीवन गुरुङ, टंक पाठक, बाला भण्डारी, मन कुमार गदाल र मिना विश्वकर्मा चयन हुनुभएको छ। दमक नगरपालिकाले साहित्य, कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रज्ञा प्रतिष्ठान परिषद् गठन गरिएको जनाएको छ।

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट
काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त








