दमक, ७ माघ । सामान्यतया निर्वाचनको समयमा उम्मेद्धरले मतदातालाई मतदाता बसेको ठाउँमा भेट्न जानुपर्छ । मत माग्नु पर्छ । आफ्ना कुरा सुनाउनु पर्छ । भीजन र मीसनबारेमा प्रष्ट पार्नु पर्छ । अनी मलाई यसकारणले तपाइले मतदान गर्नुस है भनेर फकाउनु पर्छ । तर झापाको क्षेत्र नं ५ मा बालेन शाह कोहि मतदाताको घरमा जानु भएको छैन । उहाँलाई भेट्न मतदातानै उहाँ बस्दै आउनु भएको घरमा आइरहेका छन् ।
दमक नगरपालिका वार्ड ५ स्थित लक्की सिटौलाको घर । महिला व्यवसायी सिटौलाको घरमा बसेर चुनावी गतिविधी अघी बढाइरहनु भएका बालेनलाई भेट्न बुधबार बिहानै देखी मतदाता त्यहाँ पुगीरहेका छन् ।
दुईवटा गेट रहेको यो घरको पश्चिम बाट पूर्व छिर्ने गेटबाट भीत्र छिर्ने र निस्कने बनाइएको छ । त्यहाँ जाने हरकोहीले त्यहाँ रहेका सुरक्षा गार्डलाई आफुले कस्लाई र किन भेट्न जान आटेको भनेर मौखीक भन्ने मात्रै हैन आफ्नो सम्पर्क नम्बर सहित विवरण समेत लेखाउनु पर्छ । त्यसपछि भीत्र पुगेका मतदाता बालेनसग फोटो खिच्न लाईन बस्नु पर्छ । पालो पाउनकालागी । सिटौलाको घरको कार पार्कीङमा घर तर्फ बालेन शाहको ठुलो तस्बिर अंकीत ब्यानर राखीएको छ । त्यहि ब्यानरलाई ग्यागराउण्ड बनाउदै तस्बिर खिच्न चाहनेहरुसग तस्बिर खिचिरहनु भएको छ । एक एक गरेर खीच्न चाहनेलाई सोहि अनुसारको व्यवस्था मिलाइएको छ ।
सामुहिक खिच्न चाहनेहरुलाई सोहि अनुसार । यसमा आफ्नो मोवाईलबाट फोटो खिच्न पनि पाइन्छ भने बालेन सचिवालयको क्यामाराबाट समेत ती तस्बिर खिचिन्छन् । तस्बिर खिच्न आउनेसग बालेन खासै बोलेको देखिदैन ।
सामान्य अभिवादन गर्ने र मन्द मुस्कान दिएर एउटा कुर्सीमा बसीरहनु हुन्छ । यसरी फोटो खिच्नेको भिड बालेन निवासमा देख्न सकिन्छ । बालेन सचीयालयले दिएको जानकारी अनुसार बिहिबार बालेन झापाका केहि छिमेकी जिल्लाको भ्रमण गर्ने र केहि दिनमा फेरी उहाँ आफ्नो निर्वाचन क्षेत्रमा फर्कने तयारी गरिएको छ ।









