दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल । यी बाहेक दमकमा एकछिन मन भुलाउन कहाँ जाने भन्ने खास गन्तव्य नै छैन । तर अव दमक मानै एकै ठाउँमा बन्ने भएको छ भुटानी शरणार्थी संग्राहलय , रमाइलो पोखरी, संग्रहालय, चिडियाखाना, बालमैत्री उद्यान या पार्क, बगैंचा, गोर्खा स्मारक, शिव या पाथीभरा मन्दिर, वनभोज स्थल, खुला व्यायामशाला, साहसिक खेलहरु । यती मात्रै नभएर तालिम केन्द्र तथा गोष्ठी हल, क्याफे तथा रेष्टुरेन्ट, होमस्टेको सहितको बहुउद्देश्यीय पार्क बन्ने भएको छ । यो बन्ने ठाउँ चाहि दमक २ मा रहेको हंसे दुम्से सामुदायिक वन क्षेत्र हो ।

 

सो वन क्षेत्रको करिव ५० विगाह क्षेत्रफल जग्गामा वन मन्त्रालयको स्वीकृति लिएर पार्कका लागि विभिन्न संरचनाहरु बनाउनेगरी प्रतिवेदन तयार पारीरहेको दमक नगरपालिकाले जनाएको छ ।सो क्षेत्रमा दृश्यावलोकनका लागि मोनोरेलको समेत व्यवस्था गर्ने योजना रहेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बहुउद्देश्यीय पार्क बनाउने कुराका लागि विगत केही वर्षदेखि विज्ञहरुसँग समेत सुझाव लिई प्रतिवेदन नेपाल सरकारलाई बुझाइएको बताउँदै उहाँले भन्नु भयो दमकको विकास र समृद्धिका लागि बहुउद्देश्यीय पार्कको सपना एउटा महत्वको वृहत योजना भएको र यसलाई पूरा गर्दा दमकलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने छ ।’

यसकालागी आवश्यक पर्ने बजेट र यसको श्रोत साधन सबै दमक नगरपालिकाले जुटाउने छ । कराडौ लगानी पर्ने बजेटका लागी दमक नगरपालिकाले नगर विकास कोषसँग प्रारम्भीक कुरा समेत गरीएको नगरकी उप प्रमुख रेगीना भट्टराई प्रसाईले बताउनु भयो ।

हंसे दुम्से सामुदायिक वन ६ सय ३३ .५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो काम वनसग समन्वय गरी तयार पारीने दमक नगरपालिकाले स्पष्ट समेत पारेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा

अयोध्या–जनकपुर रेलको सफल ट्र्याक परीक्षण

जनकपुर,१९ कार्तीक । भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका

धनकुटाको लेगुवा बजारबाट ४७ हजारका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

धनकुटा,१९ कार्तीक । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारबाट करिब ४७ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ।सरोकारवाला निकायको संयुक्त टोलीले

नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेस गरिने

काठमाडौं,१९ कार्तीक । आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन(२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ