झापा– ५ : मतदाता भन्दैछन् , हाम्राे ठाउँकाे विकास गर्ने उम्मेद्वार नै राेज्छाैं

दमक, ८ माघ । झापा क्षेत्र नं ५ चुनावी सरगर्मीले फेरि एकपटक यो क्षेत्र तातिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि झापा आइपुग्नुभएको छ। यस्तै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह पनि यही हुनुहुन्छ । उहाँहरु सहित २४ जनाले मंगलबार मनोनयन दर्ता गरेसँगै यहाँको राजनीतिक माहोल थप सक्रिय बनेको छ।

समय बदलिएको छ। राजनीतिमा नयाँ अनुहारहरू देखिएका छन्। कतिपयले ओलीको समर्थन घट्दै गएको विश्लेषण पनि गरिरहेका छन्। तर झापा क्षेत्र नम्बर ५ का धेरै मतदाताका लागि ओली भने केवल उम्मेदवार मात्र होइन विकासको एउटा पहिचान पनि हुनुहुन्छ ।
पटक–पटक यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै चार पटकसम्म प्रधानमन्त्री बन्नुभएका ओलीको कार्यकालले झापामा भौतिक पूर्वाधार, सडक, स्वास्थ्य र राष्ट्रिय महत्वका परियोजनासँग जोडिएर स्मरण गरिन्छ।
दमक–१० का स्थानीय पुण्यप्रसाद भट्टराई भन्नु हुन्छ आफूले राजनीति धेरै नबुझे पनि काम देखेपछि मत बदल्न नसक्ने। यहाँ नयाँ भन्ने भन्दा पनि विकासको अनुभूति हुने र गराउने नेता चाहिएको छ । उहाँले भन्नु भयो ।

ओलीको कार्यकालमा हुलाकी राजमार्ग निर्माण, रतुवा खोलामा पुल, पालिका–पालिकामा अस्पताल, सरकारी विद्यालयमा प्राविधिक शिक्षा विस्तार भएको मतदाताको भनाई । यी सबै विकासका काम अझै पनि स्थानीयको स्मृतिमा ताजा रहेको प्रतिकृया छ ।
गौरादह–२ का खगेन्द्र गिरी भन्नु हुन्छ विकासका आधारभूत संरचना बनेपछि योगदान लुकाउने ठाउँ नै बाँकी रहेन । अनी कसरी मत बदल्नु ? उहाँले प्रश्न गर्दै भन्नु भयो । ओलीले यस क्षेत्रबाट चुनाव जीतेपनि नजीतेपनि यो क्षेत्रमा भएको योगदान कसैले मेट्न नसक्ने उहाँको स्पष्ट धारणा छ ।

पछिल्लो समय केपि ओलीको उमेरलाई लिएर आलोचना बढेको चर्चा पनि छ। तर गैरादह–९ का चन्द्रबहादुर खड्का भन्नु हुन्छ राजनीति उमेरले होइन, कामले मापन गर्नु पर्र्छ । उमेरका कारण नयाँ पुस्ताका समर्थक केहि घटेका होलान तर ओलीले गर्नु भएको कामले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चा हुने गरीको बनेको खड्को भनाई छ ।

विगत लामो समयदेखि राष्ट्रिय राजनीति र झापाको विकाससँग जोडिएको एउटा नाम, केपी शर्मा ओली। झापा क्षेत्र नम्बर ५ का धेरै मतदाताका लागि उहाँको योगदान इतिहास बनेर रहने देखिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।