विर्तामोड, १० माघ । स्वर्गीय गोपीकृष्ण खनालको स्मृतिमा स्थापित पुरस्कारबाट यो वर्ष समाजसेवी खिलप्रसाद शिवाकोटी सम्मानित हुनुभएको छ ।
प्रतिष्ठानले शनिवार एक कार्यक्रममाझ शिवाकोटीलाई ५० हजार राशीको पुरस्कार प्रदान गर्याे । गरामनीको दुर्गा माविमा दृष्टिविहीनलाई पढाउन सुरु गरी अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा योगदान पुर्याएवापत उहाँलाई सो पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
यो पुरस्कार पाउने शिवाकोटी तेस्रो व्यक्ति हुनुहुन्छ । यसअघि सो पुरस्कारबाट पत्रकार नकुल काजी र साहित्यकार कोमलप्रसाद पोखरेल सम्मानित भइसक्नुभएको छ ।
पत्रकारितासँगै साहित्य क्षेत्रमा समेत सक्रिय खनालको स्मृतिमा प्रदान गरिने सो पुरस्कार हरेक दुई वर्षमा वितरण हुँदै आएको छ । कुनै पनि राजनीतिक दलमा आवद्ध नदेखिएको व्यक्तित्वलाई दिइने भएकाले पनि झापामा वितरण हुने यो पुरस्कारको ओझ निकै ठूलो छ ।









