बलिदानद्वारा प्राप्त निर्वाचन

दमक,११ माघ । उक्त शीर्षकसँगै आज म निर्वाचनको निमित्त यो लेखको सुचारु गर्दै छुइन। भाद्र २३ गतेदेखि आजसम्म र भोलिको नेपालको भविष्य कस्तो? अनि कसरी? चल्छ भन्ने विषयलाई केन्द्रबिन्दुमा राखेर आज म लेख्दै छु।

विगतको पानालाई पल्टाएर हेर्ने हो भने नेपालको इतिहास कालिलाग्दो छ। कहिले काहिं डर लाग्छ मैले देशमै वसेर केहि गर्छु भनेर पूर्व निर्णय लिएकोमा, मैले कानून विषयलाई आधार मानेर अध्ययन गर्दै गरेको अवस्थामा, र आम युवा साथीहरूको अवस्थालाई मैले नियाल्दै गरेको परिस्थितिमा।

भाद्र २३ गतेको उदाउँदै गरेको घामले सङ्केत गरि सकेको थियो यो छिट्टै अस्ताउँछ भनेर, नभन्दै अस्तायो उदाउँदै गरेका युवाहरूको जवान, अस्तायो उदाउँदै गरेको युवाहरूको प्रगतिशिल बाटो अनि अस्तायो युवाको देश भक्ति चाहना ।

अनि अझै, भाद्र २३गतेले बेलुकै भन्दै थियो भोलि घाम उदाउदैन पनि अनि अस्ताउँदैन पनि, नभन्दै गर्नुपर्ने र नगनपर्ने, जलाउनुपर्ने र नजलाउनुपर्ने सबै कुरा खरानी भयो। चुस्त चुस्त गर्दै देश नै अन्धकार भयो ।
त्यसपश्चात आमाको हातमा देश सुम्पयो । विस्तारै ति युवाहरुलाई सहिदको उपनाम दिइयो, अनुदान समेतको पहल गर्यो, अहिले देश फेरि उठ्न लाग्या छ । तर यो देश कस्तो ढङ्ग र कस्तो व्यवस्था संगै उठ्दैछ ? यो एक गम्भिर प्रश्न खडा हुदैछ।

अनि फेरि चुनाब ?

हो, नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । चुनाब नै यसको प्रमुख आधार हो । लोकतन्त्रतिक देशमा परिवर्तन नै चुनाबबाट मात्र सम्भव हुन्छ । यो सँगै हाल देशमा फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ। जसका लागि ३४८४ जनाले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दर्ता गराएका छन् । ति मध्ये महिलाको संख्या ३९५ रहेका छन् । हो, यहीबाट परिवर्तनको सङ्केत देखिन्छ,

यो कस्तो परिवर्तन ?

हाल देशमा बच्चा बच्चीदेखि बृद्धाबृद्ध सम्म फागुन २१ तर्फ ध्यान रहेको देख्न सकिन्छ । सबैको आआफ्ना समर्थन रहेका छन् । तर ति मध्ये केहि व्यक्तिहरू हिजोको दिनमा जो परिवर्तनको हुटहुटी राखेको थिए आज त्यही व्यक्तिहरू अझै निष्पक्ष रहेको नाटक गरिरहेकाछन् ,चर्चित मानव अधिकार अभियन्ता Desmond Tutuले भनेका छन्, “if you are netural in situations of injustice you have chosen the side of the oppressor “ अर्थात, अन्याय भइरहेको वेला तपाई यदि स्वतन्त्र वस्नहुन्छ भने तपाई अन्याय गर्न व्यक्तिको पक्षमा हुनुहुन्छ ।

 

तसर्थ,आउंदो निर्वाचन पुस्तान्तरणको लडाई हो । देशको निम्ति हो अनि सुशासनको निम्ति, आम युवा सहिदको बलिदान द्वारा प्राप्त निर्वाचन हो। जसकारण यसको प्रयोग सन्ततिको अनुहारलाई हेरेर गर्नु जसबाट पुनः आफ्नो सन्ततिको ज्यान नखोसियोस्।

सुलभ न्यौपाने, नेशनल ल कलेज ( प्रथम सेमेस्टर)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।