गौरादह र दमकका चारवटा वडामा एमालेको निर्वाचन परिचालन कमिटी

गौरादह १४ माघ। फागुन २१ को निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले झापाको क्षेत्र नम्बर ५ मा आफ्ना गतिबिधी तिब्र रुपमा अघि बढाएको छ । आज योे निर्वाचन क्षेत्र अन्र्तगत गौरादह नगरपालिकाका दुईवटा वडामा पार्टीको भेला सम्पन्न गरिएको छ । मध्यान्ह्र वार्ड ३ को भेला सम्पन्न भएको छ । वरगाछी स्थित कल्पना अधिकारीको घरमा आयोजना गरेको भेलाले पार्टीको केन्द्रिय लेखा आयोग सदस्य लिला कट्टेलको संयोजकत्वमा २६९ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

नेकपा एमालेले ३ नम्वर वडाकमिटी उपाध्यक्ष कल्पना अधिकारीले दिएको जानकारी अनुसार लगभग एक जनाको सहभागी भेलामा बिकास निर्माणकोे एजेण्डा लिएर मतदातासँग पुग्न सुझाव दिएको जानकारी दिनुभयो । कार्यक्रम पार्टीका वडाध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको थियो ।
त्यस्तै आज वार्ड २ को भेला गौरादहको हाँसपोसा स्थित राजु अधिकारीको निवासमा भएको थियो । भेलाले नारायण काफ्लेको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलामा सहभागिता अधिकांश सदस्यले बिकास निर्माणलाई निर्वाचनको मुख्य एजेण्डा बनाएर जानुपर्ने सुझाव दिएको पाटीका नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । निर्वाचन परिचलान कमिटीले घरघर पुगेर जनतलाई नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारले गरेका काम नै अहिले मतदातासँग राख्नु पर्ने सुझाव दिएको छ ।
अव प्रत्येक घरघरमा पुगेर जनगुनासो सन्नु पर्ने सुझाव दिएको जनाएइको छ । यसैगरी दमक २ मा पनि आज भएको वडा कमिटीको बिस्तारित बैठकले नेत्र दाहालको संयोजकत्वमा २५५ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ । समितीको सहसंयोजकमा पुष्पलाल अधिकारी,जयप्रसाद भट्टराई र गणेश तामाङ हुनुहुन्छ । यसैगरी दमक वडा नं ७ को बिस्तारित बैठकले राधाकृष्ण आचार्यको संयोजकत्वमा २ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।