जेन-जीआन्दोलनले दबिएका बिद्यार्थीले भने– नयाँ उर्जा थपियो

दमक,१४ माघ। आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले निकट बिद्यार्थी र युवासँग पार्टी केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र अनुगमन समिति  र युवाबीच अन्तरक्रिया भएकाे छ ।

अपरान्ह्र दमक ५ स्थित निर्वाचन परिचालन कार्यलयमा सम्पन्न अन्र्तकृयामा जेएनजी आन्दोलनको उदेश्य र यहाँ भित्र भएको घुसपेटले गरेको विध्यवंसको बिषयमा केन्द्रिय सदस्य अधिकारीले प्रस्टपार्नु भएको छ ।

लामो समय दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नु भएकी प्राध्यापक अधिकारीसँग बिद्यार्थीले आन्दोलन किन कसरी भएको बिषयमा जिज्ञासा राखेका थिए । यसमा आन्दोलनको माग देशमा भएको सु–शासन, भ्रष्टाचार र सामाजिक सञ्जाल खुलाउने बिषयमा मात्र केन्द्रित थियो । कलिला बिद्यार्थीको शान्तीपुर्ण आन्दोलनमा घुषपेट गरि उत्तेजित बनाउने काम भएको छ । यही अपराधिक मानसिकताबाट देशका सम्पदा सार्वजनिक सम्पति माथी आगजनी र तोडफोड भयो । बिद्यार्थीको भिडमा छिरेर धेरै बिद्यार्थीको टाउकोमा ताकेर गोली हान्ने काम को बाट भएको हो । यो गम्भिर शंकाको बिषय भएको छ । यस्ता अपराधिक गतिबिधीमा लाग्ने र सिहंदरवार देखि सर्बोच्च अदालत लगायतका सम्पदा जलेर खरानी हुँदा किन दमकल समेत पडाइएन भन्ने बिषय नै यो घटना सुनियोजिक थियो भन्ने प्रष्ट भएको उहाँले प्रस्ट पार्नु भयो ।

छलफलमा दमक बहुमुखी क्याम्पसका बिद्यार्थीले भने हाम्रो क्याम्पसका बिद्यार्थीलाई आन्दोलनमा उक्साएर हामी माथि नै आक्रमण गर्न लगाएको बताए । बिद्यार्थी आफुमाथी भएको यो उक्साहट र आक्रमणको बिरुद्धमा तत्काल बोल्न समेत नसकिएकोमा दुःख ब्यक्त गरे । आगामी दिनमा यस्ता घटना बिरुद्ध युवा तथा बिद्यार्थीहरु एक भएर समाज र देश जोगाउने मुल लक्षमा लाग्नु पर्ने सुझाव दिएका छन् । हामीमाथी भएको आक्रमण त्रासको बिषयमा अहिलेसम्म कतै कसैले पनि सुन्ने प्रयास नभएको गुनासो गरे । यस्ता अन्र्तकृया र छलफलले संगठित भएर अघि बढ्न मनोवल बढाएको बताएका छन् । कार्यक्रममा युवा नेता नेकपा एमालेका केन्दिैय सदस्य मनोज ताम्लिले जेएनजी आन्दोलनको बास्तविक अवस्था र यस भित्र लुकेको रहस्यको बिषयमा प्रस्ट पारेका थिए ।

 

कार्यक्रममा अनेरास्वबियु कमल गाउपालिकाको उपाध्यक्ष युनिक घिमिरे र सचिव अनिल पराजुलीले समेत आफ्नो जिज्ञासा राखेका थिए । यसरी बिद्यार्थीले नेकपा एमालेकी केन्द्रिय सदस्य गीता अधिकारीसँग जेएनजी आन्दोलनबाट लुकाएको पीडा आज धक खोलेर पोख्न पाए । झापाको दमकमा युवा बिद्यार्थीहरु नयाँ जोस र उर्जा थपेकाले उत्सहित भएको बताएका छन् ।
कार्यक्रममा प्रतिनिधि मुलक रुपमा ५० जना भन्दा बढीको सहभागिता रहेको छ । कार्यक्रममा दमक बहुमुखी क्याम्पसका पूर्वस्वबियु सभापति रोशन भण्डारी र युवा संघका दमक नगर संयोजक सुदिप वनेम फागो समेतको सहभागिता रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।