एकैदिन ‘गुनासो’ ‘अतीत दर्पण’ र ‘श्रीधर’

बेलबारी, १७ माघ / मोरङको बेलबारी र सुन्दरहरैंचामा एकैदिन तीनवटा साहित्यिक कृति सार्वजनिक भएका छन् ।

 

कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा आयोजित एक कार्यक्रमका बिच बेलबारीका स्रष्टा प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ सार्वजनिक भएको छ ।

 

प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेलगायतका साहित्यिक संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा साहित्यका अतिरिक्त सामाजिक सङ्घसंस्थामा संलग्न व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

 

प्रमुख अतिथि प्राज्ञ गङ्गा सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई आफ्नो लेखन क्षेत्र बनाएकामा कृतिकारलाई बधाइ दिनु भयो । चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्षसमेत रहेकी सुवेदीले गीतले सबैको मन छुन सक्ने विचार व्यक्त गर्नुभयो । साहित्यिक तथा सामाजिक व्यक्ति, वरिष्ठ साहित्यकार हर्कमान तामाङले कृतिकारको गुरु हुने अवसर पाएकामा गर्वबोध भएको विचार व्यक्त गर्नुभयो ।

 

कृतिका लेखक भट्टराईले निकै मेहनतका साथ पहिलो कृति ल्याउन सफल भएको बताउनु भयो । साथै सभाध्यक्षको मन्तव्य राख्तै कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले आफूहरू नयाँ तथा केही फरक कार्यक्रम लिएर अघि बढिरहेको बताउँदै प्रकाश भट्टराई सार्वजनिक गर्न सकेकामा खुसीसमेत व्यक्त गर्नुभयो ।

 

प्रा.डा. भीम खतिवडाले ‘गुनासो’ ले विविध पक्षलाई सम्बोधन गरेको बताउनु भयो । नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहनुभएका खतिवडाले एउटा कृति बाहिर आउन ४ दशक लागेकामा लेखकसँग गुनासोसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘४० को दशकमा लेखिएका गीतको सङ्ग्रह ५२ मा आउनुपर्थ्यो, त्यो नहुँदा पनि त ६२ मा आउनुपर्थ्यो । त्यो आउन ०८२ किन लाग्यो ?

 

अर्का साहित्यकार कृष्ण उदाशीले समीक्षा प्रस्तुत गर्दै प्रकाश भट्टराईले यस कृतिमार्फत गीत विधामा एउटा नयाँ मानकको सुरुआत गरेको बताउनु भयो । उहाँले भट्टराईको यस कृतिले गीतको नयाँ राजमार्ग निर्माण गरेको जनाउनु भयो ।

 

कार्यक्रममा लोकार्पित कृतिभित्रबाट चण्डी साङपाङ, सुरेश साम्पाङ, यमुना पराजुली र चिरञ्जीवी काफ्लेले एक एकवटा गीत गाउनु भएको थियो ।
संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

 

उता, सोही दिन सुन्दरहरैँचा कला–साहित्य विकास समितिको आयोजनामा सोमप्रसाद भट्टराईको ‘अतीत दर्पण’ खण्डकाव्य र श्री पोखरेलको ‘श्रीधर’ लघुकथा सङ्ग्रहमाथि विमर्श कार्यक्रम समेत सम्पन्न भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति