दमक, १८ माघ । बुद्धचोक,हिमावी,ढुकुरपानी,गोलाटार हुँदै मावा जोडने सडक अहिले र्हेदा आर्कषक देखीन्छ। तर पहिले यो सडकको अवस्था एकदमै नजुक थियो।स्थानियका अनुसार पहिले सिटि सफारी पनि चल्न सक्दैन थियो, विद्ययार्थीलाई विद्ययालय जान समस्या हुन्थ्यो,।
गोलाटारबाट दमक बजार आँउने मानिसलाई धेरै बाटो घुम्नु पर्थ्यो । यति मात्र काहाँ हो र? वर्खामा चप्पल खोलेर हिडनु पर्थ्यो,हिउदमा धुलो उडेर घरमा बसि सक्नु हुँदैनथ्यो। तर अहिले कालो पत्रे गरिएको आर्कषक फराकिलो सडक बनेको छ। स्थानीय भन्छन् आज कच्चीबाट कालो पत्रे सडक बन्नुमा पुर्व प्रधानमन्त्री केपी आलिको ठुलो योग्दान छ। उहाँले दमकको सडकमात्र नभएर हरेक विकास क्षेत्रमा काम गरिरहनु भएको यहाँका स्थानीयहरुको भनाई छ ।
बुद्धमार्ग दिपीनि मार्गमा जोडीएकोले आवतजावत धेरै गर्नु पर्छ। कच्ची सडकबाट अहिले कालोपत्रे हुँदा धेरै सहज भएको छ। गोलटार हिमाबी हँदै आँउने मान्छेलाई नघुमी सिधै बजार जान सहज भएको बताँउनु हुन्छ, दमक—५ का स्थानीय गङगा राम भट्टराई ,उहाँका अनुसार पुर्व प्रधानमन्त्री केपी ओलीको सरकार हँदा दमकमा मात्र नभएर राष्ट्रमा गरेको विकासको कामले गर्दा उहाँ नै देशमा चाँहिने प्रधानमन्त्री हो।
दमक ३ गोलाटारका जय नारायण न्यौपानेको भनाईपनि उस्तै छ । पहिले सडक कच्ची हुँदा वर्खामा हिडन नसकिने र हिउदमा धुलो उडेर धेरै समस्या हुन्थ्यो ।तर पुर्व प्रधानमन्त्री केपी ओलीको सरकार बने पछि सडकको विकास भएको छ।
विकास के हो भन्न आफु उभीएको धरातल पहिला कस्तो थियो भनेर सोच्नु पर्ने दमक तीन कै कृष्ण कुमार निरौलाको अनुरोध छ । विकासलाई व्यस्थित गर्दै आम नागरिकका समस्या बुझ्ने र निति बनाएर काम गर्न सक्ने नेतृत्वलेनै देश सञ्चालन गर्न सक्ने निरौलाको भनाई छ ।
देशमा केहि भएन र हुनै सकेन भन्ने भाष्यलाई बिस्थापीत गर्न १० वर्ष अघीको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्न यस क्षेत्रका नागरीको सुझाव छ । त्यो बेलाको समस्यालाई समाधान गर्न निरन्तर निती बनाएर काम गर्ने परिपक्क नेतृत्वनै अहिलेको आवश्यकता रहेको यस क्षेत्रका नागरीको निचोड छ ।









