विद्यार्थीलाई कानुन निर्माण प्रक्रिया सिकाउँदै दमकको जेम्स स्कुल

१० वटा विद्यालयका विद्यार्थीहरु सहभागी

दमक, १८ माघ । सभामुखले रुल गरेर सांसदहरुलाई बोल्ने समय निर्धारण गरीरहनु भएको छ ।

संसदमा सत्ता पक्ष र प्रतिपक्षहरु आ आफ्‌नो रोहोमा बस्नु भएको छ । सबै जना स्मार्ट हुनुहुन्छ । हरेकले सदनमा पेष भएका बिषय र त्यसमा आफ्‌ना राय र टिप्पणी राखीरहेका छन् ।

 

प्रतिपक्षको डेस्कमा बस्नेहरुले सत्ता पक्षबाट भएका कामको आलोचना गरीरहेको छ । सत्ता पक्षले त्यसको जवाफ दिइरहेको छ ।

सुन्य समयमा सांसदहरुले महत्वपूर्ण विषयहरुको उठान गरीरहेका छन् । देशको कानुन कस्तो बन्ने र त्यसलाई कार्वान्यान गर्दा देश कस्तो बन्न सक्छ भन्ने भीजन पनि दिइरहेका छन् ।

 

यी दृष्य हेर्दा कुनै संसद जस्तै देखिन्छ । तर यो साच्चैको संसद हैन । यो हो नमुना संसद । दमक ८ मा रहेको झापा मोडल इङलीस स्कुलले आयोजना गरेको जेम्स प्रतिनिधीसभा । यहाँ दमक सहित आसपासका १० वटा विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।

 

विद्यार्थीहरुलाई आफ्‌नो देशको कानुन कुन प्रकृयाबाट बन्दो रहेछ भन्ने कुराको प्रयोगात्मक ढंगबाट सिकाइयो । र उनीहरुलाई बिषयनै दिएर तत् विषयमा कस्तो कानुन बन्न पर्छ भन्ने राय समेत राख्न सिकाइयो । यसले कानुन निर्माणको पूर्ण प्रकृयाबारेमा विद्यार्थीहरुले सिक्न सकेको झापा मोडलका सस्थापक प्रिन्सिपल जय बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 

यस भन्दा अघी विद्यार्थीहरुलाई नेपालको संविधान कसरी बन्यो भन्नेबारेमा संविधासभा सदस्य दीपक कार्की, र कोशी प्रदेशको प्रदेश संसद कसरी सञ्चालन हुन्छ भन्ने कुराको अनुभव प्रदेश सभा सदस्य गोपाल तामाङका अनुभव सुनाइएको थियो ।

 

यसबाट विद्यार्थीहरुले नेपालको संविधान, कानुन, सदन सञ्चालनको अवस्था लगायत बारेमा प्रत्यक्ष सिक्न पाएका थीए । शिक्षामा राज्यको भूमिकामा राज्यको दयित्व वा निजिकरण, विकास र वातावरण बीचको सुन्तुलन र सामाजीक सञ्जाल, नियमन वा नियन्त्रण विषयमा समेत विद्यार्थीलाई सिकाउँदै धारणा समेत बनाउन लगाइएको थियो । यसबाट विद्यार्थीहरुले राज्य सञ्चालनको प्रकृया समेतको जानकारी लिएको झापा मोडल इङलीस स्कुलका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ

बाजुरामा चट्याङले ठुलो क्षति, ३९ बाख्राको मृत्यु

बाजुरा,१७ वैशाख । बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो

तीन वर्ष देखी डर र चीन्ता बोकेर बस्नु भएकी अम्बिकाले पाउनु भयो छुटकारा

दमक,१७ वैशाख । दमक २ कि अम्बीका बिक । आर्थीक रुपमा विप्पन्न हुनुहुन्छ । भएका सन्तानहरु कहाँ छन् अत्तोपत्तो छैन । श्रीमानले पनि खास काम

नीतिगत जटिलता हटाउन सरकारले चाल्यो महत्त्वपूर्ण कदम

काठमाडौं,१७ वैशाख । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको दाबी गर्नु भएको