झापा ५ मा बालेन : पार्टी कार्यकर्ता सहित जनतासँग साक्षतकार गर्दै

दमक २० । माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह चुनावी अभियानमा जुटेका छन् । यही क्रममा सर्वसाधारणले प्रश्न पनि गरेका छन् ।
सुकुम्वासीहरुलाई उठाउने भन्ने हल्ला धेरै छ ? तपाईले काठमाण्डौमा पनि उठाउनु भएको थियो, के यहाँ पनि यही गर्नु हुन्छ ? एक जना सर्वसाधारणले बालेनलाई प्रश्न गर्नुभयो ।

जवाफमा उहाँले भन्नु भयो काठमाडौको खोला छेउको जग्गा सुरक्षीत गरेको हो । उहाँहरुलाई सुरक्षीत स्थानमा सर्नु भनेको हो । हटाएको हैन ।

यस पछि अर्का स्थानीयले अर्को प्रश्न सोधे चुनावमा होमीनु भएका बालेन र रास्वापाको चुनावी एजेण्डा के हो भनेर ।

 

यसको जवाफमा बालेनले भन्नु भयो सबैलाई समेटेर तयार पारीदैछ । कसैलाई पूवाधारको के हो भन्ने होला, कसैलाई कृषिको के हो भन्ने होला , कसैलाई सवास्थ्यको के हो भन्ने होला हामी सबैकालागी मिलाएर घोषणा पत्र बनाउँदै छौ । फागुनको पहिलो साता भीत्र हाम्रो घोषणा पत्र आउने छ ।

यसपछि नागरिकबाटै शिक्षा , स्वास्थ्य र रोजगार बारेमा प्रश्न सोध्दा बालेनले भन्नु भयो सरकारले विप्पन्नलाई निशुल्क शिक्षा भनेको छ । त्यो पूर्ण कार्यान्वायन गराउने चरणमै छ । अन्य निजि विद्यालयहरुले आफ्नो विद्यार्थी संख्याको १० प्रतिशत सिट पनि गरिव तथा विप्पन्नलाई दिनुपर्ने भन्ने सुविधा छ त्यो समेत जोड्दा खर्वौको लगानी भइरहेको । यसको समेत सदुपयोग भइरहेको छ । सबैलाई पूर्ण निशुल्क गर्न चाहि नेपालको बजेटलेनै पुग्दैन । उहाँले जवाफ दिनु भयो ।

बजेट अभाव हो भने प्रदेश संरचनामा धेरै बजेट खर्च भइरहेको छ । यसलाई खारेज गरेर शिक्षा र स्वास्थ्यमा त्यो बजेट खर्च गर्न सकिन्छ होला कि भन्दै विकल्प सहित नागरिकले राखेको प्रश्नमा बालेनले भन्नु भयो प्रदेशमा त्यत्रो धेरै खर्च भएको छैन । प्रशाषनीक , केहि तलव र भत्ता मात्रै हो । प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्छ ।
मंगलबार बिहान बालेनले रास्वपा कमल गाउँ पालिकाका वडा सभापतिसँग छलफल गर्नु भएको हो । उनले चुनावी अभियानमा झापाका विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्दै मतदाताका समस्या सुनीरहनु भएको छ । एक साता लामो पश्चिम भ्रमण सकेर काठमाडौं फर्किएका बालेन फेरि झापा पुगेका हुन् ।बालेन फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएकाले पनि बालेनको चर्चा चुलिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।