झापा ५ थप चासोको केन्द्र बन्दै

जिल्ला दौडाहाअन्तर्गत उर्लाबारीदेखि विराटनगर हुँदै सुनसरीमा बालेन

सुशासन र बलियो स्थानीय तह नै संघीय संरचनाको आधार भन्दै कार्यकर्ता र उम्मेदवारसँग छलफल

विराटनगर,२१ माघ । काठमाडौं महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) विराटनगर आएर सुनसरीतर्फ लाग्नु भएको छ ।
मोरङको रंगेली हुँदै केही बेरअघि विराटनगर आएर उहाँ सुनसरी जानु भएको हो । जिल्ला दौडाहाअन्तर्गत बुधबार बिहान मोरङको उर्लाबारीबाट सुरु भएको उहाँको यात्रा पथरीशनिश्चरे, लेटाङ, रंगेली हुँदै विराटनगर प्रवेश गरेको थियो ।

 

बालेनले विराटनगरमा कार्यकर्ता, समर्थक तथा उम्मेदवारहरुसँग सामान्य छलफल तथा भेटघाट गर्नु भएको छ । बालेनको विराटनगर आगमनलाई स्थानीय राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।

विभिन्न स्थानमा भेटघाट कार्यक्रममा सीमित समय निकाल्दै उहाँले पार्टी संगठन विस्तार, आगामी राजनीतिक रणनीति र स्थानीय तहका समस्या तथा सम्भावनाका बारेमा सामान्य संवाद गर्नु भएको थियो । बालेन थोरै समय मात्रै विराटनगरमा रहेर सुनसरीतर्फ प्रस्थान गरेको उहाँको सचिवालयले बताएको छ ।

यसअघि बिहान उर्लाबारीमा स्थानीय युवा र नागरिक अगुवासँग भएको छलफलमा बालेनले सुशासन, पारदर्शिता र नागरिक सहभागितालाई विकासको मूल आधारका रूपमा प्रस्तुत गर्नु भएको थियो । राज्य संयन्त्रमा व्याप्त बेथिति, अनावश्यक खर्च र जवाफदेहिताको अभावका बारेमा कडा टिप्पणी गर्दै उहाँले नागरिक स्वयं सचेत र सक्रिय नभएसम्म वास्तविक परिवर्तन सम्भव नहुने धारणा राख्नु भएको थियो ।

 

स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने उहाँको भनाइ थियो । उर्लाबारीपछि पथरीशनिश्चरे, लेटाङ र रंगेली हुँदै विराटनगर आइपुग्नु भएको थियो । बालेनले कार्यकर्ता र सम्भावित उम्मेदवारसँग संगठनात्मक विषयमा सामान्य छलफल गर्नु भएको छ ।

दौडाहाका क्रममा स्थानीय राजनीतिक अवस्था, आगामी निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तारका विषयहरू बुझ्ने गर्नु भएको छ । विराटनगरबाट हिँडिसकनु भएको बालेन दुहबी हुँदै इटहरी पुग्ने तालिका रहेको छ ।

इटहरीमा करिब डेढ घण्टा कार्यकर्ता र उम्मेदवारसँग विस्तृत छलफल गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा र साढे १२ बजेपछि बराहक्षेत्रतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ । बराहक्षेत्रको कार्यक्रम सम्पन्न गरेपछि उहाँको अन्तिम गन्तव्य उदयपुर हुने । उदयपुरमा उहाँ आजै दिउँसो ४ बजेसम्म पुग्ने बताइएको छ ।

 

दौडाहाका क्रममा बालेनले कार्यकर्ता भेटघाट, उम्मेदवारसँग छलफल र मतदातासँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्नु भएको छ । पार्टी संगठनलाई जरैदेखि मजबुत बनाउने, स्थानीय मतदाताको भावना बुझ्ने र राजनीतिक विकल्पका बारेमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित जिल्ला दौडाहालाई उहाँले व्यापक बनाउनु भएको छ ।

 

प्रायः मौन रहने बालेनको व्यवहारिक दृष्टिकोण र नागरिक केन्द्रित राजनीतिक धारले परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरिरहेको छ । विभिन्न स्थानको दौडाहालाई पनि यही सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
बालेनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनु भएको छ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएपछि बालेनको चर्चा व्यापक बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।