आ बाट आमा” चलचित्र टोलीलाई मोरङ पाथिभरा इङ्ग्लिस स्कुलले गर्‍यो स्वागत

मोरङ,२२ माघ । नेपाली समाजमा आमाको माया, त्याग र संघर्षलाई गहिरो भावनात्मक रूपमा प्रस्तुत गर्ने चलचित्र “आ बाट आमा” को सम्पूर्ण टोली हिजो मोरङ जिल्लाको लेटाङ नगरपालिका–२, बुधबारेस्थित मोरङ पाथिभरा इङ्ग्लिस स्कुल मा उपस्थित भएको छ।

 

विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा चलचित्रका कलाकार तथा स्रष्टाहरूलाई विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाहरूले हार्दिक स्वागत तथा सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा चलचित्रका निर्देशक चन्द्र पन्त, कलाकारहरू पल शाह, बिपना थापा, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती लगायत “आ बाट आमा” परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले चलचित्र “आ बाट आमा” कुनै बनावटी कथा नभई आमाको काखबाट सुरु भएको जीवनको यथार्थ कथा भएको उल्लेख गरे। आमाको मौन संघर्ष, थकान, ममता र बलिदानलाई चलचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै उपस्थित दर्शकहरू भावुक बनेका थिए।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विशेष गरी विद्यालयका नृत्य शिक्षक प्रभिन विश्वकर्मा को निर्देशनमा तयार भएको टिम ग्रिसमको ऊर्जाशील नृत्य प्रस्तुतिले दर्शकहरूको मन जित्न सफल भयो।

विद्यालय परिवारले यस्ता प्रेरणादायी चलचित्र टोलीको उपस्थितिले विद्यार्थीहरूमा संस्कार, संवेदना र पारिवारिक मूल्यप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।